जाइका अध्यक्षको टोलीद्वारा क्षतिग्रस्त भक्तपुरका सम्पदाको अवलोकन

Posted on: May 02, 2016 | views: 288

भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणमा सघाउने उद्देश्यले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को टोलीले आइतबार भूकम्पले क्षति पु-याएको भक्तपुरको सम्पदाको अवलोकन गरेको छ ।

भूकम्प प्रभावित जिल्लाको अवलोकन भ्रमण गर्न तीनदिने भ्रमणमा आइतबार काठमाडौँ आइपुग्नु भएका जाइकाका अध्यक्ष सिनिची कितोकासहितको जाइका टोलीले आज साँझ भक्तपुरको सम्पदाको अवलोकन गरेको हो ।

भूकम्प प्रभावित क्षेत्रको अवलोकन, पुनःनिर्माणमा भइरहेको प्रगति तथा जापान र नेपालबीचको समग्र सहकार्य रणनीतिबारे छलफल गर्न टोली नेपाल आएको हो । टोलीले भक्तपुर दरबार क्षेत्रलगायत नगरपालिकाभित्र भूकम्पले क्षति पु-याएको सम्पदाको अवलोकन गरेको हो ।