एनआरएनद्धारा 'मे २९ आरिगातोउ निप्पोन्' कार्यक्रम झलक सार्वजनिक (विस्तृतमा)

Posted on: May 23, 2016 | views: 868


१० जेठ, टोकियो ।
गैर आवासिय नेपालीसंघ एनआरएनले मे २९ तारिखका दिन जापानमा हुन लागेको बृहत आरिगातोउ निप्पोन् कार्यक्रम स्थलहरुको जानकारी सार्वजनिक गरेको छ ।

गत बर्षको विनाशकारी भूकम्पमा नेपाललाई सहयोग गर्ने जापानीहरुलाई धन्यवाद दिन यही मे २९ तारिखमा आयोजना गरिएको आरिगातोउ निप्पोन् कार्यक्रमको झलक एनआरएनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको हो ।

नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र गैर आवासिय नेपाली संघ जापानको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रम मे २९ तारिखका दिन जापानभर गरिंदैछ ।

मे २९ तारिखमा जापानमा हुन लागेको कार्यक्रमको क्षेत्र, स्थान र संयोजक संगै कार्य बिभाजन संवन्धमामा एनआरएनले सुचना जारि गरेको हो ।

सार्वजनिक जानकारी अनुसार पहिलो नम्वरमा कान्तो क्षेत्र अन्र्तगत शिबुयामा हिकारी भवन अगाडी कार्यक्रम हुने र त्यसको संयोजन एनआरएन जापानका उपाध्यक्ष टासि वा. लामाले गर्नुहुने भएको छ ।

यस्तै सिन्जुकु मिनामि गुचिको नेतृत्व एनआरएन आईसिसी युवा प्रतिनिधि लेलिन भट्टले गर्नुहुनेछ ।

कान्तो अन्र्तगत नै तेस्रो क्षेत्र इकेबुकुरो हिगासि गुचिको एनआरएन जापानका केन्द्रिय सदस्य प्रल्हाद सिंह महतले सम्हाल्नु हुने भएको छ ।
राष्टीइ कमिटी सदस्य महतले सम्हाल्नुहुने हिगासि गुचिमा सहयोगीको रुपमा प्रवक्ता संदिप ढुंगाना, राष्टीय कमिटी सदस्य सबिता श्रेष्ठ, बाबुराम भण्डारी, कान्तो क्षेत्रिय कार्यसमिति, अतिथि सल्लाहकार शरद गौचन, दिपक सुबेदि, बिशेष अतिथि आईसिसि सदस्य भुषण घिमिरे रहनुहुने भएको छ।

यस्तै योकोहामा निसि गुचिको संयोजकमा एनआरएन जापान उपाध्यक्ष देविलाल भण्डारीलाई तोकिएको छ ।

कामता किता गुचिमा शालिकराम भण्डारी रहनुहुने छ भने उएनो मारुई अगाडी हुने कार्यक्रमको संयोजक कान्तो क्षेत्रिय कमिटीका संयोजक प्रकाश थापालाई तोकिएको छ
आसागाया मिनामि गुचि एभरेष्ट ई. स्कुलका प्रिन्सिपल प्रदीप थापाले सम्हाल्दै हुनुहुन्छ भने गुम्बा क्षेत्र तीन स्थानमा ताकाशाकि स्टेशन, आईगुचिमाचि, ओता स्तेशनमा संयोजक गुम्बा क्षेत्रिय कमिटीका संयोजक महेश्वर रिसालले सम्हाल्दै हुनुहुन्छ ।

तोउचिगि तोउचिगि स्टेशनमा सुरेन्द्रलाल श्रेष्ठलाई संयोजक तोकिएको छ भने क्युस्यु २ स्थानमा हाकाता स्टेशन संयोजकमा क्यूस्यू क्षेत्रिय कमिटी संयोजक किरण बर्माले सम्हाल्दै हुनुहुन्छ भने ओकिमावा केन्चो माय संयोजकमा ओकिनावा क्षेत्रिय कमिटी संयोजक लक्ष्मण ओझाले सम्हाल्दै हुनुहुन्छ । जहाँ आइसिसि सदस्य कपिलदेव थापा विशेष अतिथिको रुपमा उपस्थित हुनुहुनेछ ।

हिरोसिमा अन्र्तत हिरोसिमा एकि मायमा संयोजकको जिम्मेवारी हिरोसिमा क्षेत्रिय कमिटी संयोजक रबि गैर तथा सहयोगि नन्दलाल गैरे क्षेत्रिय कार्यसमितिलाई तोकिएको छ ।

खान्साई २ स्थानमा हुने कार्यक्रम नाम्बाको नान्काई स्टेशन र कोवेको सान्नोमिया स्टेशनमा हुने छ । जसको संयोजकमा खान्साई क्षेत्रिय कमिटि संयोजक टिकाराम कंडेललाई तोकिएको छ ।

नागोया होकुरिकुमा नागोया स्टेशन ट्याक्सी पार्कमा हुने कार्यक्रमको संयोजकमा होकुरिकु क्षेत्रिय कमिटी संयोजक रामु खरेललाई तोकिएको छ ।

नागादो माचुमोतो हिगासि गुचिको संयोजकमा नागानो क्षेत्रिय कमिटी उपसंयोजक अमृत सुवेदि तथा निगाताको लागि निगाता क्षेत्रिय कमिटी संयोजक निराजन कोइराला तोकिनुभएको छ ।

यस्तै सिजोओखा सि को १०१ अगाडी सिजोओखा क्षेत्रिय कमिटी संयोजक माधव उप्रेती, होक्काइदो ३ स्थानको लागि क्षेत्रिय कमिटी संयोजन राजन गिरी, सेन्दाई स्टेशन संयोजकमा पूर्ब कोषाध्यक्ष तेज अर्यालले सम्हाल्दै हुनुहुन्छ भने गिफु स्टेशन आगाडी हुने कार्यक्रम समाजसेवी सुशल धिताले सम्हाल्नुहुने भएको एनआरएन जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो ।

एनआरएन जापानले जारी गरेको सुचनामा जिम्मेवारी पाउनुहुने संयोजकहरुलाई कार्यक्रम सकिएको १५ दिनभित्र एनआरएन जापान कार्यसमितिलाई लिखित रिपोर्ट बुझाउन समेत अनुरोध गरिएको छ ।

एनआरएन जापान सहित नेपाली राजदूतावास जापानले मे २९ तारिख जेठ १६ गते हुने कार्यक्रममा जापानमा रहेका संघसंस्था तथा नेपालीहरुलाई सक्रिय सहभागीता जनाई सफल पार्न अनुरोध समेत गरेको छ ।



नेपाली राजदूतावास जापान तथा कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले यसअघि नै मे २९ तारिखमा हुन लागेको कार्यक्रम नेपालीको गौरव, ईज्जत र प्रतिष्ठासँग समेत जोडिएको भएको भन्दै कार्यक्रममा नेपाली मौलिक पहिरन, नेपाली झण्डा सहित सभ्य रुपमा उपस्थित भएर जापानीहरुलाई गत बर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपाललाई गरेको सहयोगमा धन्यवाद दिंदै नेपाल भ्रमणको निम्तो सहित घुम्न जान अनुरोध गर्न आग्रह गरेको छ ।

यस्तो छ एनआरएन जापानले जारी गरेको कार्यक्रम स्थान, स्थल र जिम्मेवारी बारेको जानकारी
नमस्कार:-
मेई २९ तारिखको कार्यक्रम तयारी संबन्धि एक झलक:-

क्षेत्र , स्थान र संयोजक संगै कार्यबिभाजन संवन्धमा:

२०७३ साल जेष्ठ १६गते( २०१६ मेई२९तारिख आईतवार) नेपाली दुतावास, एनआरएनए जापान ,टुरिजम बोर्डको संयुक्त आयोजना साथै संघ संस्थाको बिशेष सहयोगमा गरिने कार्यक्रमको लागि तपसिल बमोजिम कार्यक्रम को क्षेत्र र स्थान सहित जिम्मेवारी बाडफाड गरिएको ब्यहोरा पुन जानकारिको लागि अनुरोध छ।
उक्त दिनको कार्यक्रमलाई सभ्य ,भव्य र एतिहासिक रुपमा संपन्न गर्न सबै क्षेत्रबाट रचनात्मक भुमिका र सहयोगको अपेक्षा गरिएको छ।

तपसिल:-
१) कान्तो:-

क) शिबुया:-[हिकारी भवन अगाडि ]

*संयोजक-राष्ट्रीय उपाध्यक्ष (टासि वा लामा),
[सहयोगि-कान्तो कार्यसमिति,राष्ट्रीय कमिटी सदस्य नारायण प्र अधिकारी,हरी चन्द्र लामा,आपतकालिन समिति "हेल्प लाईन"उपसंयोजक सरोज खत्रि,अतिथि सल्लाहकार रोसन केसि,बिशेष अतिथि आईसिसि सदस्य ओम गुरुन्ग]

ख)सिन्जुकु:-[मिनामि गुचि ]

*संयोजक-आईसीसी युवा प्रतिनिधि(लेलिन भट्टचन),[सहयोगि- कान्तो क्षेत्रिय कमिटि,राष्ट्रीय कोषाध्यक्ष दिपक थापा,आईसीसी महिला प्रतिनिधि कालिका थापा,राष्ट्रीय कमिटी सदस्य जीवन न्यौपाने ,अतिथि -सल्लाहकार जिज्ञान कुमार थापा,महेश श्रेष्ठ]

ग) इकेबुकुरो:-[हिगासि गुचि]

*संयोजक-राष्ट्रीय कमिटी सदस्य(प्रलाद सिं महत ),[सहयोगि-प्रवक्ता संदिप ढुंगाना,राष्ट्रीय कमिटी सदस्य सबिता श्रेष्ठ,बाबुराम भण्डारी,कान्तो क्षेत्रिय कार्यसमिति,अतिथि-सल्लाहकार शरद गौचन,दिपक सुबेदि,बिशेष अतिथि आईसिसि सदस्य भुषण घिमिरे]

घ.)योकोहामा:-[निसि गुचि]

*संयोजक-राष्ट्रीय उपाध्यक्ष(देवि ला भण्डारी),
[सहयोगि-कान्तो क्षेत्रिय कमिटि,अतिथि-सल्लाहकार लोकनाथ वस्ति]

ड.)कामाता:-[किता गुचि]

*संयोजक:-सल्लाहकार (शालिक राम भण्डारी),
[सहयोगि - राष्ट्रीय कमिटी सदस्य राम थापा (अनिल),कान्तो क्षेत्िय कमिटी,अतिथि- सल्लाहकार नर बहादुर थापा।]

च) उएनो:-[मारुई अगाडि]

*संयोजक:-कान्तो क्षेत्रिय कमिटी संयोजक(प्रकास थापा),[सहयोगि- राष्ट्रीय कमिटी सदस्य याम लाल कडेंल,अतिथि - सल्लाहकार दिलु खत्री,डिपि कडेंल,]

छ) आसागाया:-[मिनामि गुचि]

*संयोजक:- एभरेष्ट ई स्कुल प्रिन्सिपल(प्रदीप थापा),
[सहयोगि -कान्तो क्षेत्रिय कमिटी,अतिथि- सल्लाहकार तिलक मल्ल,चिरंजीवी थापा]

८) गुम्मा क्षेत्र:-(३ स्थानमा)
[-ताकाशाकि स्टेशन,-आईजुमिमाचि,-ओता स्टेशन]

*संयोजक-गुम्मा क्षेत्रिय कमिटी संयोजक(महेश्वर रिसाल), [सहयोगि-क्षेत्रिय कार्यसमिति]

९)तोउचिगि:-[तोउचिगि स्टेशन ]

*संयोजक-तोउचिगि क्षेत्रिय कमिटी संयोजक(सुरेन्द्रलाल श्रेष्ठ),[सहयोगि-क्षेत्रीय कार्यसमिति]

१०)क्यूस्यु:-(२स्थानमा)

[हाकाता स्टेशन]

१० जेठ, टोकियो ।






*संयोजक-क्यूस्यू क्षेत्रिय कमिटी संयोजक(किरण बर्मा), [सहयोगि-क्षेत्रिय कार्यसमिति]


११)ओकिनावा:-[केन्चो माय]

*संयोजक-ओकिनावा क्षेत्रिय कमिटी संयोजक(लक्ष्यमण ओझा), [सहयोगि-क्षेत्रिय कार्यसमिति,बिशेष अतिथि आईसिसि सदस्य कपिल देव थापा]

१२)हिरोसिमा:-[हिरोसिमा एकि माय]

*संयोजक - हिरोसिमा क्षेत्रिय कमिटी संयोजक(रबि गैरे),
[सहयोगि-नन्द लाल गैरे,क्षेत्रिय कार्यसमिति]

१३)खान्साई:-(२स्थानमा)
[नाम्वाको नान्काई स्टेशन,-कोवेको सान्नोमिया स्टेशन]

*संयोजक- खान्साई क्षेत्रिय कमिटी संयोजक(टिकाराम कडेंल),[सहयोगि-नरेन्द्र वस्नेत,डिलाराम सापकोटा,क्षेत्रिय कार्यसमिति,अतिथि- सल्लाहकार आत्माराम गैरे,बिशेष अतिथि आईसीसी सदस्य तुलसि राम खरेल]

१४)नागोया / होकुरिकु:-[नागोया स्टेशन ट्याक्सी पार्क अगाडि] (२स्थानमा)

*संयोजक-होकुरिकु क्षेत्रिय कमिटी संयोजक(रामु खरेल),
[सहयोगि क्षेत्रिय कार्यसमिति,आपतकालिन समिति"हेल्प लाईन"बिष्णु प्र घिमिरे,अतिथि सल्लाहकार डिलाराम खरेल,बिशेष अतिथि आईसिसि सदस्य पारस मणि पोखरेल ]

१५)नागानो:-[माचुमोतो हिगासि गुचि]

*संयोजक-नागानो क्षेत्रिय कमिटी उपसंयोजक(अमृत सुवेदि), [सहयोगि-क्षेत्रिय कार्यसमिति,अतिथि सल्लाहकार केशर गिरी]

१६)निगाता:-[निगाता]

*संयोजक-निगाता क्षेत्रिय कमिटी संयोजक(निराजन कोईराला),[ सहयोगि-क्षेत्रिय कार्यसमिति,अतिथि
सल्लाहकार राजेन्द्र भट्टराई]

१७)सिजोओखा:-[सिजोओखा सि को १०९को अगाडि]
*संयोजक-सिजोओखा क्षेत्रिय कमिटी संयोजक(माधव उप्रेति)[सहयोगि-टंक गैरे,क्षेत्रिय कार्यसमिति, ]

१८)होक्काइदो:-(३ स्थान)
[ -ओबिहिरो,-साप्रो,-आसाहिकवा]

*संयोजक-होक्काइदो क्षेत्रिय कमिटी संयोजक(राजन गिरी),
[सहयोगि- अर्जुन अधिकारी, क्षेत्रिय कार्यसमिति,]

१९)सेन्दाई:-[सेन्दाई स्टेशन ]

*संयोजक:- पुर्ब कोषाध्यक्ष एनआरएनए जापान ( तेज़ अर्याल)

२०)गिफु:-[गिफु स्टेशन]
*संयोजक:- समाजसेवी (कुशल धिताल)

*नोट:-
क) जिम्मेवारी पाउनुहुने संयोजकहरुले कार्यक्रम सकिएको १५ दिन भित्र एनआरएनए कार्यसमितिलाई लिखित रिपोट बुझाउन समेत अनुरोध गरिन्छ।

ख) जापानमा क्रियाशिल संघ संस्थाहरुको समेत उल्लेखनीय सहभगागिता रहनेछ,जसको लागि आफुलाई पायक पर्ने स्थानमा संलग्न भई सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गरिन्छ!

ग) कार्यक्रम गरिने स्थानको लागि अनुमति लिनु पर्ने भएमा ठाउको नाम खुलाई जानकारी गराउनु होला। आवश्यक परेमा दुतावासबाट अनुमति का लागि अनुरोध गरि सहज बनाईने छ।

घ) कार्यक्रमको लागि आचारसंहिता लागु गरिएको र कार्यक्रममा नेपाली पहिचान झल्कने पोसाख लगाई नेपाली सॉख र प्रतिष्ठालाई सधै उच्च राख्न यहॉहरुको भूमिका सर्हानिय हुनेछ।

सहयोगको लागि धन्यवाद।

*बोधार्थ:-
-का.महामहिम राजदुत श्रीमान गेहेन्द्र राजभण्डारीज्यू,
-श्री टुरिजमबोर्ड।
-श्री अध्यक्षज्यू ,एनआरएनए सातौ कार्यसमिति।
-श्री क्षेत्रिय कमिटी।
-श्री कार्यक्रम संयोजकज्यूहरु।

::::::::::::::::::::::
बुद्धि राज घिमिरे
सचिव
एनआरएनए जापान
सातौं कार्यसमिति

एनआरएनद्धारा 'मे २९ आरिगातोउ निप्पोन्' कार्यक्रम झलक सार्वजनिक (विस्तृतमा)

Posted on: May 23, 2016 | views: 2

१० जेठ, टोकियो ।

- See more at: http://topnepalnews.com/japan/2059#sthash.GkUErskW.dpuf

मे २९ मा जापानीलाई सबै नेपालीले भनौं-'सहयोगको लागि धन्यवाद, लेट्स गो टु नेपाल' (विस्तृत जानकारी)