नेपाली नचाउन सुष्मा, भरत र बिजय जापान आउँदै

Posted on: May 22, 2016 | views: 311


९ जेठ, जापान ।
चर्चित नायिका शुष्मा कार्की, गायक भरत सिटौला र बिजय लामा जापानमा रहेका नेपालीलाई नचाउन आउने भएका छन् ।

जापानको तोचिगीमा हुने समर म्युजिकल शोमा सहभागी हुन कलाकारहरु जापान आउने भएका छन् ।

कार्यक्रम मे २९ तारिखका दिन हुँदैछ ।

२५ सय जापानी ऐन प्रवेश शुल्क राखिएको कार्यक्रम रिक, आइतबारका दिन तोचिगी वानका हल, तोचिगी केन तोचिगी शि असही–चो १२९१६ मा दिउँसो तीन बजेदेखि सञ्चालन हुँदैछ ।