जापानलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

Posted on: May 03, 2016 | views: 230

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको राष्ट्रिय दिवसको उपलक्ष्यमा आज क्रमशः त्यहाँका सम्राट अकिहितो र प्रधानमन्त्री सिन्जो आवेलाई छुट्टाछुट्टै बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा उहाँहरुले जापानी सम्राट अकिहितो तथा प्रधानमन्त्री आवेको सुस्वास्थ्यका कामनाकासाथै दुई देशबीच विद्यमान मैत्री सम्बन्ध आगामी वर्षहरुमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । रासस