जापान कान्साईबासी नेपालीसँग राजदूत भण्डारीको अन्तरक्रिया हुँदै

Posted on: May 02, 2016 | views: 377

मदन पाठक-१० फागुन, टोक्यो ।
जापानको ओसाका स्थित कान्साईमा बस्दै आएका नेपालीसँग नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबिच अन्र्तक्रिया हुने भएको छ ।

एनआरएनए कान्साईको पहलमा हुन लागेको कार्यक्रममा कार्यवाहक राजदूतको रुपमा रहनुभएका राजभण्डारी र कान्साईमा रहेका नेपालीबिच नेपालीहरुको दैनिक जिवनमा पर्ने समस्या र त्यसमा राजदुताबासको भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

राजदूतावास र जापानमा रहेका नेपालीहरु बिच हुनसक्ने सहकार्य र भूमिकाका विषयमा हुने अन्र्तक्रिया कार्यक्तममा कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले दूतावासको तर्फवाट सम्बोधन गर्नु पनि गर्नुहुने भएको छ ।

जापानबासी नेपालीहरुसंग प्रत्यक्ष अन्तरक्रिया गरि सक्दो सहयोग र सुधारका साथ अगाडी बढ्ने दृढता अनुरुप यहि मार्च १३ तारिक एनआरएनए कान्साईको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

जापानमा आइपर्ने समस्या र राजदुताबासबाट प्राप्त गर्न सकिने सेवा, सुविधा र सहयोग बारेमा सो अवसरमा राजदूतबाट जवाफ पाइने आयोजकले बताएको छ ।


जापानमा पछिल्लो समय लागु गरिएको काम गर्ने आइडि नम्वर अर्थात् माइ नम्बर प्रणाली बारेको जिज्ञासा सहित सबै विषयमा दूतावासले सो अवसरमा जानकारी गराउने आयोजकले जनाएको छ ।

यसअघिका राजदूतको तुलनामा केही सक्रिय जस्तो देखिनुभएका काव राजदूत राजभण्डारी नियुक्त भएर आए लगत्तै जापानमा रहेका नेपाली संघसंस्था तथा व्यक्तिहरुसँग भेटघाट र कार्यक्रम गरि नेपालीहरुका समस्या समाधानमा सक्रिय रहेको देखिएको छ ।

कार्यक्रम आबेनो सिमिन गाकुस्यु सेन्टर तेंनोजीमा हुनेछ । जे आर तेंनोजी,सबवे मिदोसुजी र किन्तेचू आबेनो इस्टेसन बाट पैदल ५ मिनेट सबवे तानिमाची सेन आबेनोबसि इस्टेसन बाट २ मिनेटमा कार्यक्रम स्थलमा पुग्न सकिने छ भने कार्यक्रम दिनको १ बजेर ४५ मिनेटबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।