मे २९ मा जापानीलाई सबै नेपालीले भनौं-'सहयोगको लागि धन्यवाद, लेट्स गो टु नेपाल' (विस्तृत जानकारी)

Posted on: May 18, 2016 | views: 839

गोकर्ण अधिकारी-६ जेठ, टोकियो ।
गत बर्ष विनाशकारी भूकम्पपछि जापान र जापानी नागरिकले नेपाललाई गरेको सहयोग हामी भूल्ने छैनौं, सहयोगको लागि धन्यवाद, नेपालमा यहाँलाई स्वागत छ यही सन्देश सहित मे २९ तारिखमा जापानभर नेपालहरुले जापानी नागरिकलाई धन्यवाद दिने भएका छन् ।

नेपाली राजदूतावास जापानले यही सन्देश लेखिएको ३० हजार प्रति धन्यवाद कार्ड 'पोष्ट कार्ड' समेत प्रकाशित गरेको छ ।

जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीका अनुसार नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र एनआरएन जापानको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम सफल पार्न नेपाली राजदूतावास जापानले जापानका सञ्चार माध्यम सहित जापानी कलाकारहरुसँग समेत छलफल गरिरहेको भन्दै राजदूत राजभण्डारीले मे २९ दिनको ३ देखी ४ बजे सम्म हुने कार्यक्रममा जापानमा रहेका करिव ६० हजार नेपालीहरुले पायकको ठाउँमा सहभागीता जनाउने अपेक्षा लिएको बताउनुभयो ।

'जापानमा नेपालीहरु प्रति जापानीले हेर्न नजर सकारात्मक छ' कावा राजदूत राजभण्डारीले भन्नुभयो-'शरणार्थी, अवैध बसोबास छिटफुट अपराध लगायतले यसमा केही क्षयिकरण गरेको भएपनि यसरी जापानीले गरेको सहयोगमा धन्यवाद सहित नेपाल भ्रमणको लागि निम्तो दिंदा नेपाली प्रति जापानीले हेर्न नजर थप सकारात्मक हुने' बताउनुभयो ।

नेपाल र जापान बिच दौंत्य सम्वन्ध स्थापान भएको ६० औं बर्षगाँठका अवसरमा नेपाल तथा जापानमा समेत विशेष कार्यक्रमहरु भइरहेको बताउँदै राजदूत राजभण्डारीले सो अवसरमा मे २९ मा हुने कार्यक्रमले दुई देश बिचको सम्वन्ध सुधारमा जनस्तरमा समेत पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आरिगात्तोउ जापान !
'धन्यवाद दिन मे २९ तारिका दिन हुने कार्यक्रममा एनआरएन जापानले तोकेका व्यक्तिहरुले तोकिएका स्थानहरुको नेतृत्व गर्ने छन्' एनआरएन जापानका अध्यक्ष सुदन थापाले भन्नुभयो-'संभव भए राष्टिय पोशाक नभए आ आफ्नो सांस्कृतिक पहिरन त्यो पनि नभए कम्तिमा पुरुषले नेपाली टोपी र महिलाले नेपाल झल्काउने पहिरन र नेपालको राष्टिय झण्डा सहित उपस्थित भइदिनुहुन हामी अनुरोध गर्छौं ।'

'कार्यक्रममा उपस्थित हुनेहरु तोकिएका स्थानमा पंक्तिबद्ध भएर नेपाली राजदूतावास जापानले उपलब्ध गराएको धन्यवाद जापान लेखिएको पोष्ट कार्ड बोकेर उभिनेछन् । सबैले सो बाटो भएर हिँड्ने जापानीहरुलाई कार्डमा लेखिएको विवरण अनुसार मात्रै हुनेगरि धन्यवाद सहित नेपाल भ्रमणको निम्तो दिनेछन् ।'

एनआरएन अध्यक्ष थापाले भन्नुभयो-'उक्त दिन जापानी मिडियाहरुले समेत हाम्रो कार्यक्रमलाई कभर गर्नेभएकाले मिडियासँग बोल्दा तोकिएको टिम लिडरले मात्र बोल्नेछन् ।' यसबारेमा थप प्रस्ट पार्दै अध्यक्ष थापाले भन्नुभयो-'सबै ठाउँबाट दिइने सन्देश दायाँ बायाँ नभई भन्नुपर्ने कुरामा एकरुपता होओस् भनेर यसो गरिएको हो ।'

कार्यक्रम स्थलमा के गरिन्छ के गरिंदैन ?
कार्यक्रम निर्धारित स्थानमा तोकिएको समयमै हुनेछ । कार्यक्रममा उपस्थित सबै पंक्तिबद्ध भएर शिष्टता पुर्वक उभिनेछन् । सबैले राष्टिय झण्डा, पोष्ट कार्ड वा एनआरएनले उपलब्ध गराएका सामग्रीमात्र बोक्नेछन् ।

कार्यक्रम सुरु हुनुअघि गत बर्ष बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा परि मृत्यु भएका प्रति श्रद्धाञ्जली सहित एक मिनेट मौन धारण गरिनेछ ।

कार्यक्रम समापन भएको कार्यक्रम संयोजकले गर्नेछ भने कार्यक्रम समापन भएपनि त्यस वरपर कार्यक्रममा दिइएका सामग्री छरिएको, खसेको वा फ्याँकेको भए सफा गर्नुपर्नेछ ।

कार्यक्रम अवधिभर तोकिएको र सिमित फोटो मात्र खिच्नुका साथै अनावश्यक हो हल्ला, यात्रुलाई अवरोध हुनेगरि बाटो अवरुद्ध, नारा लगाउने, चन्दा संकलन जस्ता कार्य नगर्न नगराउन आयोजकले निर्देशन दिएको छ ।

जापानभर भएका कार्यक्रमको तस्विर र जानकारी नेपाली राजदूतावास जापान र एनआरएन जापानको आधिकारीक फेसबुक मार्फत प्रकाशित गरिने भएको छ ।

कार्यक्रम अवधिर खाने, पिउने, रमाइलो गर्ने फोन, कुराकानी, कार्यक्रम बाहिरको विषयमा गफ नगर्न भन्दै आचार संहिता समेत जारि गरिएको छ ।

कार्यक्रम आयोजक नेपाली राजदूतावास जापान, नेपाल पर्यटन बोर्ड र गैर आवसिय नेपाली संघ एन्आरएनले सम्पूर्ण नेपाल र नेपालीको छवि तथा इज्जत जोडिएको कार्यक्रम भएकोले सबैले शालीनता, शिष्टताका साथ मर्यादामा रही जिम्मेवार भई योगदान गर्न सबैसँग अनुरोध गरेको छ ।

कहाँ कहाँ हुँदैछ कार्यक्रम

१) कान्तो:-
क) शिबुया:-
*संयोजक-तासि वा लामा [सहयोगि-कान्तो कार्यसमिति,नारायण प्र अधिकारी,राम थापा(अनिल),हरी चन्द्र लामा,अतिथि सल्लाहकार रोशन केसि,तिलक मल्ल,चिरंजिवि थापा,बिशेष अतिथि आईसिसि सदस्य ओम गुरुन्ग]

ख)सिन्जुकु:-
*संयोजक-लेलिन भट्टचन,[सहयोगि- कान्तो क्षेत्रिय कमिटि,दिपक थापा,कालिका थापा,जीवन न्यौपाने ,सरोज खत्रि,अतिथि -सल्लाहकार नर ब थापा,महेश श्रेष्ठ,शालिक रा भण्डारी,दिलु खत्रि,डिपि कडेंल]

ग) इकेबुकुरो:-
*संयोजक-प्रलाद सिं महत [सहयोगि-संदिप ढुंगाना,सबिता श्रेष्ठ,बाबुराम भण्डारी,यम ला कडेंल,कान्तो क्षेत्रिय कार्यसमिति,अतिथि-सल्लाहकार शरद गौचन,दिपक सुबेदि,बिशेष अतिथि आईसिसि सदस्य भुषण घिमिरे]

घ.)योकोहामा:-
*संयोजक-देवि ला भण्डारी,[सहयोगि-कान्तो क्षेत्रिय कमिटि,अतिथि-सल्लाहकार जिज्ञान कुमार थापा,लोकनाथ वस्ति]

२) गुम्वा क्षेत्र:-
*संयोजक-क्षेत्रिय संयोजक(महेश्वर रिसाल), [सहयोगि-क्षेत्रिय कार्यसमिति]

३)तोउचिगि:-
*संयोजक-क्षेत्रिय संयोजक(सुरेन्द्रलाल श्रेष्ठ),[सहयोगि-क्षेत्रीय कार्यसमिति]

४)क्यूस्यु:-
*संयोजक-क्षेत्रिय संयोजक(किरण बर्मा), [सहयोगि-क्षेत्रिय कार्यसमिति]

५)ओकिनावा:-
*संयोजक-क्षेत्रिय संयोजक(लक्ष्यमण ओझा), [सहयोगि-क्षेत्रिय कार्यसमिति,बिशेष अतिथि आईसिसि सदस्य कपिल देव थापा]

६)हिरोसिमा:-
*संयोजक-क्षेत्रिय संयोजक(रबि गैरे), [सहयोगि-नन्द लाल गैरे,क्षेत्रिय कार्यसमिति]

७)खान्साई:-
*संयोजक-क्षेत्रिय संयोजक(टिकाराम कडेंल),[सहयोगि-नरेन्द्र वस्नेत,डिलाराम सापकोटा,क्षेत्रिय कार्यसमिति,बिशेष अतिथि तुलसि राम खरेल]

८)नागोया:-होकुरिकु
*संयोजक-क्षेत्रिय संयोजक(रामु खरेल),[क्षेत्रिय कार्यसमिति,बिष्णु प्र घिमिरे,अतिथि सल्लाहकार डिलाराम खरेल,बिशेष अतिथि आईसिसि सदस्य पारस मणि पोखरेल ]

९)नागानो:-
*संयोजक-क्षेत्रिय उपसंयोजक(अमृत सुवेदि), [सहयोगि-क्षेत्रिय कार्यसमिति,अतिथि सल्लाहकार केशर गिरी]

१०) निगाता:-
*संयोजक-क्षेत्रिय संयोजक(निराजन कोईराला),[ सहयोगि-क्षेत्रिय कार्यसमिति,अतिथि
सल्लाहकार राजेन्द्र भट्टराई]

११)सिजोओखा:-

संयोजक-क्षेत्रिय संयोजक(माधव उप्रेति)[सहयोगि-टंक गैरे,क्षेत्रियकार्यसमिति, अतिथि सल्लाहकार आत्माराम गैरे, ]

१२) होक्काइदो:-
*संयोजक-क्षेत्रिय संयोजक(राजन गिरी),[सहयोगि- अर्जुन अधिकारी, क्षेत्रिय कार्यसमिति,]

कार्यक्रम हुने थप स्थानहरु एनआरएन जापानले गृहकार्य गरि निर्णय गर्न बाँकी रहेको जनाएको छ ।

यस्तो छ धन्यवाद र नेपाल भ्रमण सहित बाँडीने पोष्ट कार्ड


पोष्ट कार्डमा मनास्लु हिमालको तस्विर अग्र भागमा राखिएको छ । मनास्लु हिमालकै तस्विर राखिनुको कारणबारे बताउँदै जापानका लागि कार्यवाहक नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले भन्नुभयो-'मनास्लु हिमालको प्रथम आरोहण जापानी नागरिकले गरेका हुन्, सन् १९५६ मे ९ मा जापानी नागरिकले आरोहण गरेका थिए । यसैलाई आधार बनाएर नेपाल जापान कुटनीतिक सम्वन्धको ६० औं बर्षगाँठलाई आधार मानेर गत हप्ता मात्र जापानमा मनास्लु हिमाल महोत्सव समेत गरेका छन्' कावा राजदूत राजभण्डारीले भन्नुभयो-'कुटनीतिक सम्वन्ध भन्दा अघीनै जापानी नागरिकले आरोहण गरेको तथा जापानीबिच मनास्लु हिमाललाई जापानीको हिमाल भन्ने रुपमा समेत चिनिएको हुनाले मनास्लु हिमाल छनौट गरेर राखिएको हो ।'

साथै तस्विरमा केही सानो आकारमा बौद्ध स्तुपा, चितवनको एक सिंगे गैंडा, मृगको बथान, पोखरा फेवा ताल देखी काठमाडौंको बसन्तपुर दरवारको चित्र समेत समेटिएको छ ।

यसैगरि गहुँ काट्दै गरेका महिलाहरुको तस्विर सहित चितवनको हात्ती जंगल सफारि र पदयात्राको तस्विर समेटिएको छ ।

नेपाल जापान कुटनीतिक सम्वन्ध स्थापना भएको ६० औं बर्षगाँठको आधिकारीक चिन्ह गुराँस र साकुरा फुलभित्र सजिएको सर्वोच्च शिखर सगरमाथा र माउन्ट फुजिको तस्विर राखिएको छ ।

आरिगात्तोउ जापान र लेट्स गो टु नेपाल लेखेर धन्यवाद र नेपाल भ्रमणको निम्तो सन्देश लेखिएको पोष्टकार्डमा अगष्ट ६ र ७ तारिखमा टोकियो योयोगि पार्कमा हुने नेपाल फेस्टिवलबारे समेत उल्लेख गरिएको छ ।