निशुल्क प्रवेशको नेपाली साँझमा अहिले मनोजले हँसाउँदै, निमाले नचाउँदै

Posted on: May 03, 2016 | views: 445

२० बैशाख, टोकियो ।
सिद्धार्थ रेमिट र सिद्धार्थ बैकको आयोजनामा टोकियोमा आज सोमबार नेपाली चर्चित कलाकारहरुको साथमा नेपाली साँझ सुरु भएको छ ।

नाकानो जिरो हलमा अपरारन्ह तीन बजेबाट सुरु कार्यक्रमका लागि नेपालबाट विशिष्ट पदाधिकारीहरु लगाएतका कलाकारहरु जापान आईपुगेका थिए ।

कार्यक्रममा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहायक कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल तथा रेमिटयान्स प्रमुख पंकज पन्तले सहभागि जनाउदै बिशेष सम्बोधन गर्दैछन् ।

साथै सोही अवसरमा नेपालका चर्चित पप गायक निमा रुम्वा, चर्चित हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा सहित हास्यकलाकारद्धय कुमार कट्टेल भद्रगोलका जिग्री,अर्जुन घिमिरे भद्रगोलका पाँडेबुढा लोक गायिका काजल गुरुङ लगायतका कालारहरुले भरपुर मनोरन्जन दिने आयोजक समितिका सुदन थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था रहेको छ भने प्रवेश पास गेटमा लिन सकिने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा जापानवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थित भइ भरपुर मनोरञ्जन लिन आयोजकले अपील गरेको छ ।