एमाले नेता पृथ्वी सुब्बा गुरुङ बोलाएर ओएनएफले मजदुर दिवस मनायो

Posted on: May 03, 2016 | views: 364

२० बैशाख, टोकियो ।
नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा पार्टी निकट संगठन प्रवासी नेपाली मंच जापानले अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ ।

आईतवार टोकियो ईकेगामी हलमा ओएनएफ जापानले आयोजना गरेको मजदूर दिवसमा सचिव गुरुङ सहित एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा दक्षिण एसिया ईन्चार्ज राजन राई समेत उपस्थित भएका थिए ।

सोही अवसर पारेर आयोजना गरिएको नेपालमा शान्ति र समृद्धिको निम्ति वर्तमान चुनौती र संभावना विषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका गुरुङले मुलुक संविधान निमार्ण पश्चात समृद्धि निमार्ण तर्फ अग्रसर रहेको बिचार राखे ।

अर्का वक्ता दक्षिण एसिया ईन्चार्ज राजन राईले श्रमिक मजदुरको हितका लागि नयाँ संविधानले प्रष्ट पारेको र आगामी दिनमा श्रम शोषण तथा अन्य शोषण क्रमश अन्त हुदै जाने धारणा राखेका थिए ।

ओएनएफ जापानका महासचिव कुलचन्द्र खरेलले संचालन गरेको कार्यक्रममा जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा शालिकराम भण्डारी, एनआरएनए आईसीसी सदस्य ओम गुरुङ, नेपाल पत्रकारमहासंघ जापान शाखा अध्यक्ष तिलक मल्ल, एनआरएनए जापानका सचिव बृद्धिराज घिमिरे लगायतको उपस्थिति थियो भने मदजदुर दिवसमा आफ्ना धारणा समेत राखेका थिए ।

अन्तराष्ट्रिय मजदुर दिवस मनाउन प्रवासी नेपाली मंचले आयोजना गरेको कार्यक्रममा भाग लिनकै लागि नेता गुरुङ जापान आएको बताइएको छ ।