२० बैशाख, टोकियो ।
पप गायक सविन राई, र्यापर लाउरे र नायिका तथा डान्सर रिस्मा गुरुङको नृत्यमा जापान टोकियोमा रहेका नेपालीहरुले भरपुर मनोरञ्जन लिएका छन् ।
आयोजकले सोचे भन्दा बढी दर्शकले खचाखच भरिएको गोल्डेन विक नाइटमा सहभागी नेपालीलाई कलाकारहरुले बेजोड प्रस्तुती देखाएका थिए ।
सिन्जुकु युनिभर्सल टोकियो हलमा करिव ५ सय युवायुवतीको भिड लागेको थियो ।
गायक सविन राईले कालोकालो रातको, मलाई अंगाली देउ, म संसार जित्ने आँट गर्दैछु, सुन्दरताको तिमी सहित एक दर्जन बढी गीत गाउँदा दर्शकले पुरै समय साथ दिएर नाचगान गरेका थिए ।
आशिष गुरुङ भान्जाको संयोजनमा माईकल गुरुङ तथा अमृत गुरुङको आयोजनामा भएको गोल्डेन विक नाईटमा र्यापर लाहुरेको र्याप गीतमा समेत युवाहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
राजनीतिक, सामाजिक व्यंग्य सहित प्रेम फ्युजनमा र्याप गाएका लाउरेले कवाडी गाडी, नेपालको वेहाल, विहेपछि मात्र हुन्छ चपचप जस्ता गीत गाएका थिए ।
गोल्डेन विक नाइटको नृत्यको आकर्षणमा देखिएकी नायिका समेत रहेकी रिस्मा गुरुङको उत्कृष्ठ नाचमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
राम्री पनि भाकी छु, गैरी खेतको शिरै हाल्यो, मेरो लाहुरे आउछ रे जस्ता गितमा रिस्माले नाच्दा दर्शकले पनि नाचेर साथ दिंदै मनोरञ्जन लिएका थिए ।
टोकियो व्रर्दशका गायकहरुले समेत रक पप गीतहरु मार्फत मनोरञ्जन दिएको कार्यक्रमका भिडियोहरु हेर्नुहोस् ।
\