टोकियोमा आज । सविन, लाउरे र रिस्माको धमाका, सुगम, निर्णयको छुट्टै कार्यक्रम

Posted on: May 03, 2016 | views: 419

१९ बैशाख, टोकियो ।
आज जापानको राजधानी टोकियोमा गायक सविन राई, लाउरे र रिस्माको भव्य कार्यक्रम हुँदैछ ।

टोकियो युनिभर्सल सिटि खावुकिचो सिन्जुकुमा हुने कार्यक्रमको लागि कलाकारहरु शुक्रबार नै जापान आइपुगिसकेका छन् ।

आशिष भान्जाको प्रस्तुतीमा हुन लागेको कार्यक्रम आज साँझ ६ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ ।

गोल्डेन विक नाईट नाम राखिएको कार्यक्रमको लागि अधिकाशं टिकट विक्रि भइसकेको आयोजकले यसअघिनै जानकारी दिइसकेको छ ।

कार्यक्रममा सविन राईले र र्यापर लाउरेले आफ्ना आधा दर्जन बढी लोकप्रिय गित खाउने छन् भने नायिका तथा कुशल डान्सर समेत रहेकी रिस्माले लोकप्रिय गितहरुमा आफ्नो नृत्य र अभिनय देखाउनेछिन् ।

यसैबिच भोली सोमबार हुने नेपाली साँझमा भाग लिन आएका अर्का लोकप्रिय पप स्टार निमा रुम्बा लगायतका कलाकारलेपनि यो कार्यक्रममा सहभागीता जनाउने भएका छन् । गायक निमा रुम्बा हिजो साँझ जापान आइपुगिसकेका छन् ।

यस्तै आजै जापानमा हुने अर्को सांगितिक कार्यक्रम म्युजिक मेला पनि हुँदैछ । कार्यक्रममा सहभागी हुन कलाकारहरु पप गायक सुगम पोखरेल, पप गायक तथा र्यापर निर्णय एनएसके, लोक गायिका सम्झना लामिछाने मगर, पप गायिका सहिमा श्रेष्ठ, लोक दोहोरी गायक नविन पौडेल सहित हाँस्य कलाकार कुमार श्रेष्ठले आफ्नो प्रदर्शन देखाउने छन् ।

कार्यक्रममा सहभागी हुन सबै कलाकार जापान हिजो साँझ नै आइपुगिसकेको आयोजक संस्था मिडिया म्यासेजले जानकारी दिएको छ ।