जापान गुनमाकेनमा आज ड्रिम्स प्रदर्शन हुँदै

Posted on: May 03, 2016 | views: 386

१९ बैशाख, टोकियो ।
सुपरहिट नेपाली चलचित्र ड्रिम्स आज मे १ तारिखका दिन जाापनको गुन्माकेनमा प्रदर्शन हुँदैछ ।

नेपालमा सुपरहिट प्रदर्शनपछि विभिन्न देशमा भव्य प्रदर्शन भइरहेको चलचित्र राजधानी टोकियो लगायत आधा दर्जन ठाउँमा भव्य प्रदर्शन पछि आज निशिकोइजुमी गुन्माकेनमा प्रदर्शन हुन लागेको हो ।

चलचित्र ड्रिम्स यसअघि राजधानी टोकियो सहित नागोया, सिजुओका लगायत स्थानमा भव्य प्रदर्शन भइसकेको छ ।

चलचित्र ड्रिम्समा नायीकाको रुपमा डेव्यु गरेकी साम्राग्य लक्ष्मीराणा र युवा स्टारडम अनमोल केसीको मुख्य अभिनय रहेको छ ।

जापानको लागि चलचित्र प्रदर्शनको एकाधिकार पाएको स्टार इन्टरटेनमेन्टका अनुसार चलचित्र ड्रिम्स गुन्माकेनमा आज अपरान्ह २ बजे प्रदर्शन हुँदैछ ।

गुन्माकेनको लागि चलचित्र प्रदर्शन गर्न लाग्नुभएका गुन्ज केसीका अनुसार चलचित्र प्रदर्शनको अधिकाशं टिकट विक्रि भइसकेको छ ।

चलचित्रको टिकट बुकिंग तथा चलचित्र हेर्न आउनेहरुलाई कुनै समस्या परेमा ०८०४४३०८१६३ मा सम्पर्क गर्न सकिने केसीले जानकारी दिनुभयो ।

यस्तै चलचित्र ड्रिम्स अन्य स्थानमा प्रदर्शन गर्न चाहेमा प्रमाल्हाद सिंह महतलाई ०७०९१३६८९९९२२ र रोमियो मानन्धरलाई ०८०९३०५५९८२२२ मा सम्पर्क गर्न सकिने स्टारइन्टरटेनमेन्टले जानकारी दिएको छ ।