जापानमा नेपाली नचाउन आइपुगे सविन, लाउरे र रिस्मा, विमानस्थलमा भव्य स्वागत

Posted on: May 03, 2016 | views: 577

१७ बैशाख, टोकियो ।
लोकप्रिय पप गायक सविन राई, र्यापर तथा गायक लाउरे र नायिका तथा डान्सर रिस्मा गुरुङको जापानमा भव्य स्वागत गरिएको छ ।

यही मे १ तारिखमा जापानको राजधानी टोकियोमा हुने विशेष कार्यक्रमका लागि आइपुगेका कलाकारहरुको नारिता विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

आशिष भान्जाको प्रस्तुतीमा हुन लागेको गोल्डेन विक नाइटमा सहभागी हुन आइपुगेका सविन र रिस्मालाई विमानस्थलमा टासि लामा, अमृत गुरुङ, माइकल गौचन, प्रल्हादसिंह महत लगायत आयोजक समितिका सदस्यहरुले भव्य स्वागत गर्नुभयो ।

सविन राई, लाउरे र रिस्माले दुईदिन पछि अर्थात् मे १ तारिखका दिन टोकियो युनिभर्सल सिटि खावुकिचो सिन्जुकुमा आफ्नो प्रस्तुती देखाउँदैछन् ।

लोकप्रिय गायक सविन राईले कार्यक्रममा मलाई अंगाली देउ, गुराँसको फेद मुनी, म संसार जित्ने आँट गर्दैछु, कोमल त्यो तिम्रो बदनमा लगायतका आधा दर्जन गित लाईभ पर्फमेन्स गर्नेछन् ।
यसैगरि नायिका तथा कुसल डान्सर रिस्मा गुरुङले पनि आदा दर्जन नेपाली सुपरहिट गितहरुमा नृत्य र केही अघिनय देखाउने आयोजकले जानकारी दिएको छ ।
नायिका रिस्मा सुपरहिट नेपाली चलचित्र कबड्डी र कबड्डी कबड्डीकी नायिका हुन् ।

यसैगरि कार्यक्रममा लोकप्रिय र्यापर तथा पप गायक लाउरेले पनि आफ्नो प्रस्तुती देखाउँदैछन् । उनले मेरो सोल्टा, के यो माया हों लगायत गित र र्याप पस्कनेछन् ।


लाउरे, सविन र रिस्मा जापान आउनुअघि त्रिभुवन अन्र्तराष्टिय विमानस्थलमा

कार्यक्रम मे १ तारिख साँझ ठिक ६ बजेबाट सुरु हुने कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएका आशिष भान्जाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।