मे १ मा लाउरे, सविन र रिस्मा टोकियोमा नचाउन आउँदै

Posted on: May 02, 2016 | views: 504

१० बैशाख, टोकियो ।
लाउरे सविन राई र रिस्मा यही मे १ तारिखका दिन टोकियोमा जापानमा रहेका नेपाली नचाउन आउने भएका छन् ।

गोल्डेन विक नाइटको लागि लोकप्रिय पप गायक सविन राई र रिस्मा यसको लागि ३० तारिखमा जापान आउने पक्का भइसकेको आयोजकले जनाएको छ ।

आशिस भान्जाको प्रस्तुतीमा हुन लागेको गोल्डेन विक नाइटमा मे १ तारिखमा युनिभर्सल सिटि खावुकिचो सिन्जुकुमा कार्यक्रम हुँदै छ ।

कार्यक्रम साँझ ६ बने सुरु हुने भएपनि ५ बजेबाट प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।

टोकियो सिन्जुकुमा हुने कार्यक्रमलाई अमृत गुरुगं र माइकल गौचनले प्रायोजन गर्नुभएको हो ।

मे १ तारिखमा हुन गइरहेको कार्यक्रममा गायक तथा र्यापर लाउरेसँगै लोकप्रिय पप गायक सविन राई र रेश्मा गुरुगं नेपालबाट आउँदैछन् ।

कार्यक्रममा सविन राईले आफ्ना लोकप्रिय आधा दर्जन बढी गित प्रस्तुत गर्ने भएका छन् भने रेश्माले नृत्य सहितको आफ्नो प्रस्तुती देखाउनेछन् ।
नायिका रेश्मा चलचित्र कबड्डी चलचित्रकी नायिका समेत हुन् ।

जापानमा मे १ तारिखमा गोल्डेन विक नाइट