जनसम्पर्क समिति जापानले कुमामोतो भूकम्प प्रभावितलाई खाना खुवायो(फोटो फिचर)

Posted on: May 02, 2016 | views: 463

१५ बैशाख, टोकियो ।
नेपाली जनसम्पर्क समिति जापानले दुई साता अघि भूकम्पले क्षति पुर्याएको दक्षिण पश्चिम जापानको कुमामोतो पुगेर भूकम्प प्रभावित जापानीहरुलाई खाना सहितको सेवा उपलव्ध गराएको छ ।

जनसम्पर्क समिति जापानले मंगलवार करिव १२०० जनालाई नेपाली खाना तथा अन्य सामाग्री वितरण गरेको महामन्त्री राजेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।

जमरकट्टेलका अनुसार सो अवसरमा नेपाली खाना र भिटामिन युक्त पानी वितरण गरिएको थियो ।

गत बर्ष बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पमा सहयोग गरेका जापानी र जापानप्रती कृतज्ञता जनाउन र नेपालीहरु पनि दूखमा साथ दिन्छन् भन्ने सन्देश छर्नको लागि पनि आफुहरुले यस्तो कार्यक्रमको आयोजना गरेको जमरकट्टेलले बताउनुभयो ।

सो अवसरमा जापानीहरुले नेपाली टोलिलाई धन्यवाद व्यक्त गर्दै नेपाली सहयोगको लागि आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा जनसम्पर्क समितिका जापान सभापति नारायणप्रसाद सुवेदी, उपसभापतिद्धय डिपी कँडेल, पुस्कर थापा, महामन्त्री राजेन्द्र जम्मरकट्टेल, सहमहामन्त्री बद्री पौडेल, सदस्यहरु ध्रुव वस्नेत, बावुराम सापकोटा, विष्णु अर्याल, आत्मराम गैरे, महासमिति सदस्य रोशन केसी, जनसम्पर्क समिति जापान क्युसु क्षोत्रिय समिति उपसंयोजक डिक कार्की, एनआरएनए आईसीसी सदस्य तुल्सीराम खरेल, एनआरएनए जापान उपाध्यक्ष टक गैरे, सदस्य नन्दु गैरे, मजदुर संघ जापान अध्यक्ष पदम गुरुङ लगायतको सहभागिता रहेको थियो ।

स्मरणीय छ भूकम्प लगत्तै गत साथा गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोलीले सो क्षेत्रमा पुगेर पोशिलो नेपाली खाना सहितको राहत वितरण गरेको थियो भने दोस्रो चरण अन्र्तगत राहत वितरणको तयारी गरिरहेको बताएको छ ।

 

राजदूतद्धारा एनआरएन कामको उच्च प्रशंसा, समितिद्धारा राहत कार्यको समिक्षा

एनआरएन जापान टोली कुमामोतो भूकम्प पीडित नेपाली बस्तीमा

जापानका भूकम्प पीडितलाई नेपाली खाना सहितको सहयोग वितरण (फोटो फिचर)