आईएमई क्योउदाइ रेमिटेन्सको नेपाल जाने टिकट बिजयलाई

Posted on: May 02, 2016 | views: 372

१५ बैशाख, टोकियो ।
नेपाल जाने टिकट उपहार योजना अन्र्तगत अध्ययनका लागि जापानमा रहनुभएका बिजय श्रेष्ठले आईएमई र जापानस्थित क्योउदाइ रेमिटेन्सबाट यस्तो उपचार जितेका छन् ।

रेमिटान्सले योजनाको प्रथम बिजेतालाई नेपाल जाने हवाई टिकट प्रदान गरेको हो ।

जापानबासी नेपालीका लागि ल्याएको उपहार योजनाको चौथो हप्ताको विजेता घोषणा हुन लाग्दै गर्दा कान्साइको क्योटोमा अध्यनरत बिजय श्रेष्ठलाई क्योउदाइ रेमिटेन्स ओसाकाको नामबास्थित कार्यालयमा एक कार्यक्रमकाबीच नेपाल जाने  टिकट हस्तान्तरण गरिएको हो ।

टिकट परेको अबधिबाट एक बर्ष भित्र आफ्नो सुबिधा अनुसार मिति तय गरेर आवत जावत गर्न पाउने भएको र आफ्नो ग्राहकहरुको लागि यस्तो लाभदायी योजना ल्याएकोमा श्रेष्ठले क्योउदाइ रेमिटेन्स र आइएमइलाई धन्यवाद दिए ।

क्योउदाइ रेमिटेन्सले जापानमा बस्ने नेपालीहरुका लागि ‘घर जाने हर्ष’ योजना अन्तर्गत जापान स्थित क्योउदाइको कान्साइको ओसाका स्थित शाखाबाट ट्रान्जेक्शन नम्बर ९४९६६३४७५८९ मा नेपाली रुपैयाँ पठाएका श्रेष्ठले जापान–नेपालका लागि एक राउण्ड ट्रीप हवाई टिकट अन्तर्गत सबैभन्दा पहिलो टिकट प्राप्त गरेको बताएको छ ।

आईएमई लिमिटेडले क्योउदाइ रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागू हुने गरी ३ महिने योजना ल्याएको हो ।