जापानिज भाषा वक्तित्वकला सम्पन्न

Posted on: May 02, 2016 | views: 332

१५ बैशाख, टोकियो ।
“नेसाज जापानिज भाषा बक्तित्वकला प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रम २०१६” सम्पन्न भएको छ ।

नेसाज जापानिज भाषाको वक्तिकत्वकलाको उपाधी मनोज थापाले हात पारेका छन् । यसैगरि निर्मला गुरूङ उपविजेता बनेकी छिन् ।

अप्रिल २३, २०१६ मा ओशाकामा भएको प्रतियागिताका विजेताले २५ हजार जापानी येनसहित ट्रफी र प्रमाणपत्र तथा उपबिजेताले उपाधीसहित नगद १५ हजार येन, ट्रफी र प्रमाणपत्र पाएका छन् ।

अन्य सहभागीहरुले जनही २ हजार येन प्रोत्साहन स्वरुप नगद तथा प्रमाणपत्र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रम आयोजक समितिका संयोजक तथा नेसाज कान्साईका नवनिर्वाचित संयोजक रमेश पाठकको सभापतित्वमा भएको कार्यक्रम नेपालको राष्ट्रिय धुनका साथ शुरु भएको थियो ।

कार्यक्रममा नेपाल तथा कुमामोतो भूकम्पका कारण ज्यान गुमाउनेहरु प्रति श्रध्दाञ्जली ब्यक्त गर्न १ मिनेटको मौन धारण पनि गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा ओसाका साङ्ग्यो विश्वविद्यालयका प्राध्यापक हामाजाकी, डा. मनोहर लाल श्रेष्ठ र सन्तोष वाग्ले थिए ।

बिजेता तथा अन्य प्रतियोगीलाई नगद पुरस्कार क्योदाई रेमिटका तर्फबाट दिनेश बस्नेतले बितरण गरे भने प्रमाणपत्र निर्णायक मण्डल सदस्य डा. मनोहरलाल श्रेष्ठ तथा ट्रफी नेसाज कार्यवहाक अध्यक्ष ऋषिराम पराजुलीले प्रदान गरेका थिए ।