अप्रिल २५ विशेष कार्यक्रम स्थगितबारे नेपाली राजदूतावास जापानको सूचना

Posted on: May 03, 2016 | views: 341

१३ बैशाख, टोकीयो ।
नेपाली राजदूतावास जापानले एक सूचना प्रकाशित गरी अप्रिल २५ तारिखमा हुने तयारी भएको विशेष कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

नेपालमा विध्वंसकारी भुकम्प गएको १ बर्ष पुरा भएको दिन अप्रिल २५ तारिखमा जापानले नेपाललाई गरेको सहयोग स्मरण गराउँदै धन्यवाद दिने र जापानीहरुलाई नेपाल भ्रमणको निम्तो दिने कार्यक्रम रहेकोमा तत्कालको लागि कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख छ ।

सम्पूर्ण तयारी भैसके पनि गत अप्रिल १४ तारिख देखि जापानको कुमामोतो क्षेत्र आसपासमा निरंतर गैरहेको शक्तिशाली भूकम्पमा प्रभावित नेपाली तथा जापानीहरुलाई सहयोग गर्नु पर्ने अवस्थाका कारण कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

कार्यक्रम अर्को सूचना प्रकाशन नहुन्जेलसम्मको लागि स्थगित गरिएको जानकारी गराउँदै दूतावासले नेपाली दूतावास र गैर आवसिय नेपाली संघ एनआरएनएको सहकार्य र संघ संस्थाको सहयोगमा कुमामोतो क्षेत्रका भुकम्पबाट पिडितको सहयोगको लागि बिशेष राहत समिति बनिसकेको अवस्थामा सबैले आआफ्नो क्षेत्रबाट सहयोग समिति मार्फत सहयोग गर्न समेत अनुरोध गरेको छ ।

कार्यक्रम सफल पार्नको लागि दिनरात खट्नु भएका सम्पूर्ण जापानवासी नेपाली प्रति हार्दिक धन्यवाद ब्यक्त गर्दै दूतावासले जारी गरेको सूचना यस्तो छ

सूचना! सूचना!! सूचना!!!

अप्रिल २५ को विशेष कार्यक्रम स्थगित गरिएको बारे।

नेपालमा विध्वंसकारी भुकम्प गएको १ बर्ष पुरा भएको दिन अप्रिल २५ तारिखमा नेपाली राजदुताबास, नेपाल पर्यटन बोर्ड र एनआरएनए जापानको संयुक्त आयोजनाका साथै जापानमा कृयासिल संघ संस्थाको सहयोगमा भूकम्पको बेला सहयोग संकलन गरेको ठाउँहरुमध्ये केहि सम्भावित ठाउँहरुमा भेलाभै जापानले नेपाललाई गरेको सहयोग स्मरण गराउँदै धन्यवाद दिने र जापानीहरुलाई नेपाल भ्रमणको निम्तो दिने कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको, तर गत अप्रिल १४ तारिख देखि जापानको कुमामोतो क्षेत्र आसपासमा निरंतर गैरहेको शक्तिशाली भूकम्पमा प्रभावित नेपाली तथा जापानीहरुलाई सहयोग गर्नु पर्ने अवस्थामा यो कार्यक्रम अर्को सूचना प्रकाशन नहुन्जेलसम्मको लागि स्थगित गरिएको ब्यहोरा जानकारी गरिन्छ ।

नेपाली दूतावास र गैर आवसिय नेपाली संघ एनआरएनए को सहकार्य र संघ संस्थाको सहयोगमा कुमामोतो क्षेत्रका भुकम्पबाट पिडितको सहयोगको लागि बिशेष राहत समिति बनिसकेको अवस्थामा सबैले आआफ्नो क्षेत्रबाट सहयोग समिति मार्फत सहयोग गर्न समेत अनुरोध गरिन्छ।

कार्यक्रम सफल पार्नको लागि दिनरात खट्नु भएका सम्पूर्ण जापानवासी नेपाली प्रति हार्दिक धन्यवाद ब्यक्त गरिन्छ। (From : Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館)

राजदूतद्धारा एनआरएन कामको उच्च प्रशंसा, समितिद्धारा राहत कार्यको समिक्षा

जापानका भूकम्प पीडितलाई नेपाली खाना सहितको सहयोग वितरण (फोटो फिचर)