भूकम्प पीडितलाई सहयोग भन्दै जापानमा ‘भाग्यमा बाँचेकाहरु’ र ‘सेलफोन’को च्यारिटी

Posted on: May 02, 2016 | views: 346

१३ बैशाख, टोकियो ।
नेपालका भूकम्प पीडितलाई सहयोग भन्दै जापानमा भाग्यमा बाँचेकाहरु र सेलफोन डकुमेन्द्रीको प्रदर्शन गरिएको छ ।

थकाली सेवा समिती जापान र पोख्रेली दिदी बहिनी समूह जापानको संयुक्त आयोजनामा फुलमान बलद्वारा निर्देशित ‘सेलफोन’ र दिनेश पाण्डेको सत्य कथामा आधारित ‘भाग्यमा बाँचेकाहरु’ नामक २ वटा भिडियो प्रदर्शन गरिएको छ ।

जापान टोक्यो, शिनओकुबो स्थित सोलमारी सभाहलमा सम्पन्न प्रदर्शनीमा एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग, पत्रकार महासंघ जापानका तिलक मल्ल, जापानस्थित नेपाली विद्यालय एभरेष्ट इन्टरनेशनल स्कूल का अध्यक्ष डा.भुपालमान श्रेष्ठ, थकाली सेवा समितिका संरक्षक शरद कुमार गौचन तथा अध्यक्ष बुद्धि गौचन, वरिष्ठ पत्रकार पुर्ण चौलाने लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

संचारकर्मी तामाङद्धारा निर्देशित छोटो फिल्म ‘सेलफोन’ र गणेश पाण्डेद्धारा निर्देशित भुकम्पमाथिको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ च्यारिटी शोको उद्देश्य काभ्रे बालुवापाटी गाविस वडा नं। ६ फोक्सिङ गाउँको पुनःनिर्माण र होमस्टे संचालनमा सघाउनु रहेको आयोजकले बताएको छ ।