अनुष्काले जितिन् सुदूरपश्चिमाञ्चल समाज जापानले खोलेको पहिलो चिठ्ठा

Posted on: May 02, 2016 | views: 339

१३ बैशाख, टोकीयो ।
सुदूरपश्चिमका अपाङ बालबालिका सहयोगार्थ भन्दै जापानमा संचालन गरिएको चिठठाको पहिलो पुरस्कार अनुष्का बिष्टले जितेकी छिन् ।

पहिलो पुरस्कार स्वरुप विष्टले एक थान कम्प्युटर हात पारिन भने द्धितिय पुरस्कार दिनेश स्वारले पाए । यसैगरि तृतिय चौथौ र पाँचौ पुरस्कार क्रमश सिता सापकोटा, प्रिरिसा चलाउने, रामु खडकाले हात पारे भने सान्त्वना पुरस्कारपनि बिजेताको नाम पनि घोषणा गरिएको थियो ।

नयाँ वर्ष २०७३ सालको अवसर पारेर आयोजना गरिएको शुभकामना आदनप्रदान तथा चिठठा कार्यक्रममा जापानमा वसोजास गर्ने सुदूरपश्चिमेलीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

टोकियो बारकाँडे रेष्टुरेन्टमा भएको कार्यक्रमलाई जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले विशेष सम्वोधन गर्नुभएको थियो ।

समारोहलाई सम्वोधन गर्दै कार्यवाहक राजदूत राजभण्डारीले जापानमा रहेका नेपालीहरु सक्रिय रहेर आफ्नो क्षेत्रको लागि काम गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिमान्चल समाजका सल्लाहकार भरत नेगी लगायतले वितेजाहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार भरत नेगी, पूर्व अध्यक्ष आशिष रावल, नेपाली जनप्रगतिशिल संघ जापानका अध्यक्ष दिनेश शाही, दिदिबहिनी समाज जापान अध्यक्ष प्रेमिला गौचन, पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल लगायतले शुभकामना व्यक्त गर्नुभएकोथियो ।

सुदूरपश्चिमेली समाज जापानका अध्यक्ष पूर्ण चलाउनेको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका गतिविधिका बारेमा समेत जानकाी गराइएको थियो ।