नौमती बाजाले आज टोकियोमा लाईभ सांगीतिक साँझ गर्दै

Posted on: May 02, 2016 | views: 384

१२ बैशाख, टोकीयो ।
घुम्टे नौमती बाजा समुहको प्रस्तुतीमा आज आइतबार साँझ जापानको राजधानी टोकियोमा लाईभ सांगीतिक साँझ गर्ने भएको छ ।

गोरखा बारपाकका भूकम्प पीडित सहयोगार्थ गत बैशाख १२ गते भएको विनाशकारी भूकम्पकै दिन पारेर सांगीतिक साँझको आयोजना गरिएको आयोजक समुहले जानकारी दिएको छ ।

दिपसन फुड्स प्रालिको मुख्य प्रायोजनमा हुन लागेको कार्यक्रम टोकियोको तोसिमा कुमिन हलमा आज आइतबार अर्थात अप्रिल २४ तारिखमा हुँदैछ ।

साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा गायिकाहरु सविना गुरुगं, कालिका रोका सहित गायक सुर्य खड्का, युवराज आचार्य, विनोद भण्डारी, मदन थापा, पदम खत्री, प्रदिप कार्की लगायतले आफ्ना लोकप्रिय गितहरु प्रस्तुत गर्नेछन् ।

साथै पञ्चेबाजा समुहले पञ्चेबाजा प्रस्तुत गर्नुका साथै विभिन्न नृत्य समेत देखाइने भएको छ ।

कार्यक्रमको लागि २ हजार ऐन टिकट मुल्य राखेको आयोजकले सबै नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिन अनुरोध सहित निमन्त्रण गरेको छ ।