राजदूतद्धारा एनआरएन कामको उच्च प्रशंसा, समितिद्धारा राहत कार्यको समिक्षा

Posted on: May 02, 2016 | views: 520

११ बैशाख, जापान ।
जापानको भूकम्प प्रभावित बस्तिमा पुगेर गैर आवासिय नेपालीसंघ एनआरएनले गरेको राहत वितरणको नेपाली राजदूतावास जापानले उच्च प्रशंसा गरेको छ ।

जापानका लागि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारीले प्रतिकुलताका बाजजुद नेपालको प्रतिनिधित्व गर्दै गैर आवासिय नेपालीसंघ एनआरएनले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

यसैबिच प्रशासनीक कामले नेपाल गएको समयमा जापानमा भूकम्प गएपनि निरन्तर सम्पर्कमा रहेर दूतावास र एनआरएनलाई राहत वितरणमा हौसला प्रदान गर्दै आउनुभएका कावा राजदूत राजभण्डारीले जापान आउनेवित्तिकै एनआरएन टोलीसँग राहत वितरणबारे छलफल गर्नुभएको छ ।

शुक्रबार नेपाली राजदूतावासमा भएको छलफलमा एनआरएन जापानका अध्यक्ष सुदन थापा सहितका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

छलफलमा कुमामोतो आसपासको क्षेत्रमा केहि दिन देखि निरंन्तर गएको भुकम्पबाट पिडित पक्षलाई नेपालीको तर्फबाट गर्न सकिने सहयोगको बारेमा नेपाली राजदुतावास र एनआरएनएको संयुक्त प्रयास साथै संघ संस्थाको सहयोगमा गठित बिशेष राहत समितिले आफ्नो उदेश्य र लक्ष्यका बारेमा समिक्षा गरेको एनआरएन जापानका सदस्य प्रल्हादसिँह महतले जानकारी दिनुभयो ।

छलफलमा एनआरएन जापानले पहिलो चरण अन्र्तगत गरेको सहयोग र भइरहेका प्रयासका बारेमा जानकारी गराएको थियो ।

'जापानमा रहेका नेपालीहरुको एकता, हामिले गरेको सहयोग कसरी ब्यवस्थित, मर्यादित र नेपाली शाखलाई अझै प्रभावकारी रुपमा पिडित पक्ष समक्ष लैजान सकिन्छ,भन्ने उदेश्यले सबै संघ संस्था संग हातेमालो गर्दै सबै क्षेत्रबाट छलफल गर्दै समिति अगाडि बढ्ने' विशेष राहत समीतिद्धारा छलफलपछि सार्वजनिक जानकारीमा उल्लेख छ ।

यसको लागि विशेष राहत समितिले जापानका लागि नेपाली कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी समेतको उपस्थितिमा खुला छलफल गर्ने भएको छ ।

बिशेष राहत समीतिले हातेमालो गरि संघ संस्थाहरुलाई पनि समीतिमा संलग्न गरि यो अभियानलाई पूर्णता दिन आयोजित छलफल कार्यक्रम २४ तारिखमा दिन टिबिआई भवनमा दिनको १ बजे गर्ने भएको छ ।

यसबारेमा विशेष राहत समितिद्धाराज जारी विज्ञप्ति यस्तो छ ।

नमस्कार:-

आज नेपाली राजदुतावासमा बिशेष राहत समितिले भूकम्प र त्यस पछिको अवस्थावारे छलफल गर्यो।कुमामोतो अासपासको क्षेत्रमा केहि दिन देखि निरंन्तर गएको भुकम्पबाट पिडित पक्षलाई हामि नेपालीको तर्फ बाट गर्न सकिने सहयोगको बारेमा नेपाली राजदुतावास र एनआरएनए को संयुक्त प्रयास साथै संघ संस्थाको सहयोगमा गठित "बिशेष राहत समितिले "आफ्नो उदेश्य र लक्ष्यका बारेमा समिक्षा गर्र्दै आज सम्म भएका कार्यको रिपोटिन्ग गर्यो।
     नेपाली एकता ,हामिले गरेको सहयोग कसरी ब्यवस्थित , मर्यादित र नेपाली शॉखलाई अझै प्रभावकारी रुपमा पिडित पक्ष समक्ष लैजान सकिन्छ ,भन्ने उदेश्यले सबै संघ संस्था संग हातेमालो गर्दै सबै क्षेत्रबाट छलफल गर्दै समिति अगाडि बढ्ने छ। जसको लागि तपसिल बमोजिम मिति ,समय र स्थानमा जापानमा बिधमान संघ संस्था संग खुला छलफल गर्ने छ। छलफलमा सबै संघ संस्था संग बिशेष राहत समितिले हातेमालो गरि संघ संस्थाहरुलाई पनि समितिमा संलग्न गरि यो अभियानलाई पूर्णता दिने छ।

       तपसिल:-
मिति:-२०१६।४।२४
स्थान:- टिबिआई भवन
समय:-१३:००~१५:०० सम्म

         
बिशेष राहत समिति
  (कुमामोतो भुकम्प पिडित सहयोग समिति)

जापानका भूकम्प पीडितलाई नेपाली खाना सहितको सहयोग वितरण (फोटो फिचर)

जापानका भूकम्प पीडितलाई नेपालीको सहयोग, भोलि ६ सय जनालाइ नेपाली खाना