ड्रिम्स चलचित्र आज जापान सिजुओकामा प्रदर्शन हुँदै

Posted on: May 02, 2016 | views: 406

१० बैशाख, टोकियो ।
नेपालमा सुपरहिट प्रदर्शनपछि विभिन्न देशमा भव्य प्रदर्शन भइरहेको चलचित्र ड्रिम्स आज जापानको सिजुओकामा प्रदर्शन हुने भएको छ ।

जापानमा सबैभन्दा धेरै ठाउँमा प्रदर्शन हुने चलचित्रको रेकर्ड राखिरहेको चलचित्र ड्रिम्स Aajariya community center Shizuoka shi , Suru gaku , mabuchi 1-9-14 मा
साँझ ५:३० बजेबाट प्रदर्शन हुने भएको छ ।

जापानमा प्रदर्शनको अधिकार पाएको स्टार इन्टरटेनमेन्टका अनुसार चलचित्र ड्रिम्सको सिजुओका प्रदर्शनको अधिकाशं टिकट विक्रि भइसकेको छ ।

यस्तै चलचित्रको टिकट बुकिंग तथा अन्य स्थानमा प्रदर्शन गर्न चाहनेले प्रल्हाद सिंह महतलाई ०७०९१३६८९९९२२ र रोमियो मानन्धरलाई ०८०९३०५५९८२२२ मा सम्पर्क गर्न सकिने स्टारइन्टरटेनमेन्टले जानकारी दिएको छ ।

यसअघि राजधानी टोकियो, नागोया लगायत स्थानमा भव्य प्रदर्शन भइसकेको चलचित्र ड्रिम्समा नायीकाको रुपमा डेव्यु गरेकी साम्राग्य लक्ष्मीराणा र युवा स्टारडम अनमोल केसीको मुख्य अभिनय रहेको छ ।