जापान प्रवासी नेपाली मञ्च मजदूर दिवस मनाउँदै

Posted on: May 02, 2016 | views: 247

१० बैशाख, टोकियो ।
प्रवासी नेपाली मञ्ज जापानले विश्व मजदूर दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

नेकपा एमाले सम्वद्ध प्रवासी नेपाली मञ्च जापानले मे १ तारिखमा मजदुर दिवस पारेर विभिन्न कार्यक्रम गर्न लागेको सचिव राजेन्द्र श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रवासी नेपाली मञ्च जापानले विगतका बर्षहरु जस्तै यो बर्ष पनि विश्व मजदूर आन्दोलन र विजयको उत्सवको रुपमा मजदूर विास मनाउन लागेको बिज्ञप्तिमा उल्लेख छ ।

मजदुर विसको दिन मे १ तारिखमा अन्य कार्यक्रम सँगै नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे पनि अन्तर्क्रिया गरिने प्रवासी नेपाली मञ्च जापानले जनाएको छ ।

कार्यक्रम जापानको टोकियोस्थित इकेगामी हलमा हुने भएको छन् । कार्यक्रमलाई एमालेका सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, बैकल्पिक केन्द्रीय सदस्य राजन राई लगायतले सम्बोधन गर्ने र यसको लागी नेता द्धय जापान आउने भएका छन् ।