तमु धीं जापानद्धारा विश्व साईकल यात्रीहरु सम्मानीत

Posted on: May 03, 2016 | views: 288

१० बैशाख, टोकियो ।
तमुधीं जापानले विश्व साइकल यात्रीहरुलाई सम्मान गरेको छ ।

“विश्व संरक्षणको लागि बाताबरण संरक्षण र एचआईभी एड्स बिरुद्द जनचेतना” भन्ने मूल नारा लिएर विश्व भ्रमणमा हिडेका शंकर पोखरेल, डा.अमृत बराल र आजेत बराललाई तमु धीं जापानले स्वागत र सम्मान गरेको हो ।

२१ अप्रिल बिहिबार बेलुका शिन्जुकु खाबुकी च्यो स्थित तमु धीं जापानका संरक्षक ईश्वर गुरुङको रेस्टुरेन्टमा उहाँहरुलाई सम्मान गरिएका हो ।

तमु धीं जापानका अध्यक्ष गुरुङको अध्यक्षतामा बसेको भेलाले साइकलयात्रीहरुलाई खादा लगाएर स्वागत गर्नुकासाथै ३० हजार जापानी येन नगद समेत प्रदान गरेको थियो ।

८ महिना अघि नेपालबाट विश्व यात्रामा निस्कीएका साईकल यात्रीहरुले भारत, माल्दिभ्स, बंगलादेश, म्यानमार, थाईल्याण्ड, लाओस कम्बोडिया, भियतनाम, ब्रुनाई, सिंगापुर, मलेशिया, ताईवान पछि जापानको यात्रा गरिरहेको छ ।

साइकल यात्रीहरुल जापाननबाट श्रीलंका जाने तायरीमा रहेका छन् ।

जापानमा सम्मानित हुँदा साइकलयात्रीहरुले आजसम्म घुमेका राष्ट्रहरुमा ब्रुनाईका नेपालीहरुबाट पाएको माया र सम्मान जीवनभर भुल्न नसकिने रहेको अनुभव सुनाएका थिए ।

विश्व भ्रमणमा हिडेका साहसी साईकल यात्रीहरुले बुद्धको जन्मस्थल नेपाल र सगरमाथाको देश नेपाल चिनाउँदै हिँडिरहेको बताएका थिए ।