जापानका भूकम्प पीडितलाई नेपाली खाना सहितको सहयोग वितरण (फोटो फिचर)

Posted on: May 03, 2016 | views: 5323

मदन पाठक-८ बैशाख, जापान ।
गत शनिवार आएको विनाशकारी भूकम्पबाट प्रभावित जापानको कुमामोतो क्षेत्रका भकम्प पीडितलाई नेपाली खाना सहितको सहयोग गरिएको छ ।

एनआरएन जापान र विभिन्न संघ संस्थाको पहलमा कुमामोतो सिटीमा आज नेपाली खाना सहितको अन्य कार्यक्रम सम्पन्न भएको हो ।

बुधवार गरिएको खाना वितरण कार्यक्रममा एनआरएन जापानका अध्यक्ष सुदन थापाको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा कुमामोतो सिटी मेयर काजुफुमी ओनिशि तथा कुमामोतो गकुइन कलेजका निर्देशक जुनिची मेगुरो लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न जापानी समाचार संस्थाका प्रतिनिधिहरुले समेत नेपाली संघसंस्थाले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रम पछि एन्आरएन जापनका अध्यक्ष सुदन थापाले कार्यक्रम सम्पन्न गर्न खटिएका सबैलाई धन्यवाद दिंदै छिट्टै नयाँ कार्य योजना लिएर आउने बताउनुभएको छ ।

गत शनिवार विहानपख गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि जापानमा ४७ जनाको मृत्यु भएको छ भने हजारौं घाइते र अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ ।


 

जापानका भूकम्प पीडितलाई नेपालीको सहयोग, भोलि ६ सय जनालाइ नेपाली खाना

 

डा. खड्क केसी जापानका लागि राजदूतमा सिफारिस