डा. खड्क केसी जापानका लागि राजदूतमा सिफारिस

Posted on: May 02, 2016 | views: 1620

७ बैशाख, टोकियो ।
त्रिभुवन विश्व बिद्यालय मानविकी संकाय अन्तर्गत अन्तराष्ट्रिय सम्बन्ध बिभागका निर्देशक डा. खड्क केसी जापानका लागी नयाँ राजदूतमा सिफारिस हुनुभएको छ ।

बुधवार बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले केसीलाई जापान र अन्य २१ देशका लागि राजदूत सिफारिस गरेको हो ।

जापानबारे जानकार केसी जापानको नागासाकी विश्वविद्यलयमा अध्ययन गरिसकेका प्राध्यापक हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख समेत रहनुभएका खड्काको विद्धता र उहाँको अन्तराष्ट्रिय सम्वन्धबारेको अनुभव समेतको आधारमा सरकारले डा.केसीलाई गरेको नयाँ राजदूतको सिफारिस प्रति सबै जापानबासी नेपालीहरुले खुशी व्यक्त गरेका छन् ।

हालसम्म जापानको लागि कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आउनुभएका गहेन्द्रराज राजभण्डारीको ठाउँमा आउन लाग्नूभएका डा.केसीबाट जापानमा रहेका नेपालीहरुले राजभण्डारीको कार्यकालमा झैं छिटो छरितो सेवा र नेपाल जापान सम्वन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको छ ।