जापानका भूकम्प पीडितलाई नेपालीको सहयोग, भोलि ६ सय जनालाइ नेपाली खाना

Posted on: May 02, 2016 | views: 1259

७ बैशाख, टोकियो ।
गैर आवासिय नेपालीसंघ जापानको पहलमा जापानको कुमामोचो राज्यका भूकम्प पीडितलाई पोषिलो खाना र भिटामीन सहितको पानी वितरण गरिने भएको छ ।

शनिवार बिहान पख गएको ७.३ रेक्टर स्केलको दुईवटा शक्तिशालि भूकम्पमा परि कुमामोतो राज्यमा कम्तिमा ४७ जनाको मृत्यु भएको छ ।

जापानको दक्षिण पश्चिम क्षेत्रमा रहेको यो ठाउँमा अहिलेसम्म सरकारले भूकम्प पीडितलाई पर्याप्त खाना र पिउने पानीको व्यवस्था गर्न नसकीरहेको खवरहरु सार्वजनिक भइरहेका छन् ।

अप्रिल १४ तारिक विहीवार र १६ तारिक शनिवार गएको शक्तिशाली भूकम्पका सो क्षेत्रमा दशौं हजार घर क्षतिग्रस्त भएका छन् भने एक लाख बढी व्यक्ति घरबार बिहिन भएका छन् ।

गैर आवासिय नेपाली संघ एनआरएन जापानका अध्यक्ष सुदन थापाको नेतृत्वमा उपाध्यक्ष टासी लामा सहितको टोली कुमामोतोको लागि आजै पुगिसकेको छ ।

टोलिले भोली भूकम्प पीडितलाई नेपाली खाना बनाएर खुवाउने छ । सो राहत वितरणमा एनआरएनए जापान क्युसु क्षेत्रीय समितिका संयोजक किरण वर्मा सहितको टोली पनि सहभागी हुनेछ ।

पहिलो चरण अन्र्तगत बुधवार हुने राहत वितरणमा देवीलाल भण्डारी, सदस्य बावुराम भण्डारी तथा सल्लाहकार जिज्ञानकुमार थापा सहभागी छन् ।

गत बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने देश मध्येमा रहेको जापानले नेपाललाई गर्दै आएको सहयोगको लागि धन्यवाद र नेपाली पनि विपतमा सहयोग गर्न तयार छन् भन्ने देखाउनको लागि पनि यो कार्यक्रमको आयोजना गरिएको एनआरएन जापानका सदस्यहरुले बताएका छन् ।

गत साता गएको भूकम्पका कारण सो क्षेत्रमा वसोवास गर्दै आएका १० हजार वढी विदेशी नागरिकहरुको विषयमा जापान सरकार चिन्तित रहेको जाापनी अधिकारीहरुले बताएका छन् ।

भूकम्पपछिको संकटमा सहयोग गर्न नेपाल सहित, फिलिपिन्स, अमेरिका, चिन लगायत देशका संघसंस्था र कुटनीतिक नियोगहरु क्रियाशिल रहेको जापान सरकारले बताएको छ ।

नेपालीहरु कुन ठाउमा कति?


Via:Jigyan Kumar Thapa