रामेछाप समाज जापान गठन, अध्यक्षमा निकेश उपाध्यक्षमा टासी चयन

Posted on: May 02, 2016 | views: 314

५ बैशाख, टोकियो ।
जापानमा रहेका रामेछाप जिल्लाका नेपालीहरु एकजुट भई समिति गठन गरेका छन् ।

गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाको प्रमुख आतिथ्यमा जापानको शिनओकुबो स्थित नेपाली मुरा हलमा रामेछाप समाज जापानको भेला सम्पन्न भएको छ ।

सम्पन्न भेलाले रिकेश श्रेष्ठलाई अध्यक्षमा चयन गर्दै २० सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिले समाजको संरक्षकमा सोनाम शेर्पा र सल्लाहकारहरुमा रिजन लामा र सुरेन्द्रलाल श्रेष्ठलाई मनोनयन गरेको छ ।

भेलामा मनोनित नयाँ कार्यसमितिलाई एनआरएन जापानका सचिव बुद्दिराज घिमिरे, सिदार्थ रेमिटेन्सका प्रमुख बाबुराम भण्डारी, कान्तिपुर दैनिकका सह सम्पादक फूल मान वम र नेपाल सन्देश डट कमका अध्यक्ष रविन्द्र श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए ।

रामेछाप समाज जापानको नयाँ कार्यसमितिको अध्यक्षमा निकेश श्रेष्ठ, उपाध्यक्षहरुमा टासी लामा, उत्तम श्रेष्ठ, लाल घिसिंग, महासचिव पर्शुराम बस्नेत, सचिव सोम लामा, सहसचिव सागर मोक्तान, कोषाध्यक्ष पूर्ण तामाङ, सह कोषाध्यक्ष सुशिला मोक्तान रहेका छन ।

यसैगरि सदस्यहरुमा शशी घिसिङ तेज लामा,गौरव लामा,प्रकाश श्रेष्ठ,यज्ञ राज श्रेष्ठ,अमर श्रेष्ठ, सेचन लामा, पाशाङ शेर्पा,उमेश कुमार योन्जन,नविन पोख्रेल,सुजाता लामा रहेका छन ।