तस्विरमा जापान भूकम्पका पीडा, के हुन्छन् नेपालमा कुरा ?

Posted on: May 02, 2016 | views: 781

मदन पाठक-५ बैशाख, टोकियो, जापान ।
नेपालमा आम जनमानसमा मात्र होइन जाने बुझेका पनि जापानमा जत्रो भूकम्प आएपनि कुनै असर नगर्ने गफ बेला बखतमा चुट्ने गर्छन् ।

अझ जापानका यस्ता संरचना बनेका छन् जुन भूकम्प आउँदा आफैं जमिन माथि जाने र भूकम्प आएपछि तल बस्छ ।

जतिनै ठूलो भूकम्प आए पनि भवन रुखका बुटा हल्लिए जस्तो हल्लिन्छ तर जापानीको एउटा रौं पनि हल्लिन्न ।

भूकम्प आएर कथं कदाचित केही भइ हाल्यो भने तु उद्दार हुन्छ, उपचार हुन्छ खाना बस्न सब फ्रि मा व्यवस्था हुन्छ । यस्तै यस्तै किंवदन्ती जस्ता लाग्ने कुरा नेपालमा गत बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सुन्न पाइयो ।

तर जापानको कथा र व्यथा केही कथिएका यस्तै कहानी जस्ता र धेरै विल्कुल फरक छन् ।

जापानमा भूकम्पका साना कम्पनहरुले असर पार्ने खालका नेपालका जस्ता कमजोर संरचना छैन र त्यस्ता संरचना बनाउन सरकारले नै रोकेको छ ।

जति पनि ठूला भवन र संरचना बनाइएका छन् ति कति रेक्टर सम्मका भूकम्पको धक्का धान्न सक्छन् भन्ने गरि निर्माण गरिएको छ ।
अनि भूकम्पबाट कुनै क्षति भएमा भने यहाँको सरकार र प्रशासन यति चुस्त र संवेदनशिल छ जसले कुनै क्षति नहोस् भनेर जुनसुकै समयमा चनाखो भएर संभावित दुर्घटना टार्न आफ्ना सबै संयन्त्र चुस्त दुरुस्त राखिराखेको हुन्छ ।

त्यही भएर नेपालमा गत बैशाख १२ गते ७.६ रेक्टर स्केलको भूकम्प जाँदा १० हजार बढी व्यक्तीको मृत्यु भएपनि जापानमा ६.४ रेक्टरका दुई र ७.३ रेक्टर स्केलको दुई वटा भूकम्प मध्यरात जाँदा समेत केवल ४१ जनाको मृत्यु भएको छ ।

शनिवार मध्यरात गएको ७.३ रेक्टर स्केलको भूकम्प लगत्तै हेलिकोप्टर, सेना, उद्दारकर्मी र प्रशासन यती चुस्त भएकी जुन पहिलेनै थाहा थियो कि भूकम्प आउँदैछ भन्ने लाग्थ्यो ।

बैशाख १२ गतेको भूकम्प गएको बर्षदिन हुनै लाग्दा सोही दिन पारेर जापानमा नेपालमा भूकम्प जाँदा जापान र जापानीहरुले गरेको सहयोगमा धन्यवाद दिने कार्यक्रम आयोजना हुनु भन्दा हप्तादिन अघि मात्र जापानी जनतालाई परेको यो दुखद घडीमा जापानमा रहेका सबै नेपालीले दुख व्यक्त गर्दै उनिहरुको निम्ति प्रार्थना गरेका छन् ।

तर हुनेहार दैव नटार भनेजस्तै जापानलाई परेको यो दैविक विपत्तिमा जापानीहरुको पिडा ठिक नेपालमा दस्तै देखिएको छ । यस्तै पिडा र क्षतिका केही मर्मस्पर्शी तस्विरहरु यहाँ जापानी अनलाईन तथा एनएचके, रोयटर्स, एपी, एएफपी, विविसी, सिएनएन लगायत अनलाइनबाट साभार गरि राखिएको छ ।

जापानीहरुलाई परेको यो दुखमा तपाईपनि समाचार सेयर गरेर आफ्ना कुरा सहित राखेर साथ दिन सक्नुहन्छ ।


जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या ४१ पुग्यो (अपडेट)

जापानका भूकम्प प्रभावितलाई सहयोग गर्न एनआरएन र राजदूत सम्मिलित समिति गठन

जापानमा ७.३ को शक्तिशालि भूकम्प, मृत्यु संख्या १२ पुग्यो (फोटो/भिडियो)

जापानमा भूकम्पमा परि कम्तिमा ९ को मृत्यु, हजार बढी घाईते

७.२ म्याग्नीच्युडको भूकम्पको धक्का, सुनामीको चेतावनी