सुशील कोइरालाको स्मृतिमा नागोयामा श्रद्धाञ्जली सभा

Posted on: May 02, 2016 | views: 276

८ फागुन, टोक्यो ।
नेपाली काँग्रेसका तत्कालिन सभापती सुशील कोइरालाको निधन भएको १३ औं पूण्य तिथिमा जापान नागोयामा श्रद्दाञ्जली सभा गरिएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका कोइरालाको निधनमा नेपाली कांग्रेस समर्थक प्रवासी नेपालीहरुको संगठन जनसम्पर्क समिति जापानले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कोइरालाको तस्वीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरुले कोइराको व्यक्तित्वको चर्चा गरेका थिए ।

कार्यक्रम जनसम्पर्क समिति नायोगाका क्षेत्रीय अध्यक्ष पुरुषोत्तम ढकालको सभापतित्वमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुवास लोहनी, समितिका केन्द्रीय उपाध्यक्ष शेरबहादुर केसी, केन्द्रीय सदस्यद्वय हरेराम अर्याल र भवानीप्रसाद रिजाल, निवर्तमान क्षेत्रीय अध्यक्ष साधना घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सोहि श्रद्दाञ्जली सभापछि बसेको सम्पर्क समिति जापानको बैठकले नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा जापानबाट शेरबहादुर के।सी।, सुदीप अधिकारी र साधना घिमिरेलाई प्रतिनिधि बनाएर पठाउने निर्णय गरेको छ ।

साथै वरिष्ठताका आधारमा नागोया क्षेत्रीय समितिले सुवास लोहनीलाई महाधिवेशन प्रतिनिधिको छनोटका लागि पार्टीलाई सिफारीस गर्ने निर्णय गरेको छ ।