जापानमा ७.३ को शक्तिशालि भूकम्प, मृत्यु संख्या १२ पुग्यो (फोटो/भिडियो)

Posted on: May 02, 2016 | views: 383

४ बैशाख, टोकियो ।
जापानमा मध्यरात आएको ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मध्यरात गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या बिहान पखसम्म बढ्दै गइरहेको छ ।

जापानमा मध्यरात ७.१ को शक्तिशालि भूकम्प, कम्तिमा एकको मृत्यु(UPDATE)

जापानमा भूकम्पमा परि कम्तिमा ९ को मृत्यु, हजार बढी घाईते

यसअघि बुधवार गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि जापानको क्युसु क्षेत्रमा ९ जनाको मृत्यु भएको थियो भने हजार बढी व्यक्ति र पचासौं हजार व्यक्ति प्रभावित भएका थिए ।

Evacuated residents in a park in Higashi-ku in Kumamoto City, Japan, 16 April

जापानको भूगर्भ विभागले ७.१ रेक्टर स्केलको भूकम्प मध्यरात १ बजेर ३० मिनेट र १ बजेर ४० मिनेटमा दुई पटक गएको आफ्नो आधिकारीक वेवसाइटमा लेखेको छ ।

A severely damaged building in Kumamoto. Photo: 16 April 2016

तर जापानी सरकारी समाचार संस्था एनएचके सहितका सञ्चार माध्यमहरुले भने भूकम्पको मापन ७.३ रेक्टर स्केलको रहेको लेखेका छन् ।

A road newly damaged in Mashiki, Kumamoto.

भूकम्पमा परि मृत्यु हुनेको संख्या बिहानपख ३ बजेसम्म १ जना मात्र रहेको थियो यो संख्या बढेर बिहान १० बजेसम्ममा १२ पुगेको छ ।
Hotel guests gather at the lobby after another earthquake hit the area in Kumamoto.

भूकम्पमा परि सयौं व्यक्ति घाइते भएको र थप विवरणहरु संकलन गर्नेकाम भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

A woman takes shelter after another earthquake hit the area at a hotel in Kumamoto, southern Japan, 16 April 2016.

भूकम्पका कारण भूकम्पको केन्द्र रहेको कुमामोतो केन क्षेत्रका दर्जनौं घर क्षतिग्रस्त भएका छन् । केही घरहरु प्रयोग गर्न नमिल्नेगरि भत्किएका र ति घरहरुमा अझै केही फसेको ठानिएको छ । जापानी सुरक्षाकर्मी र उद्दारकर्मीहरुले उद्दारको काम मध्यराती देखीनै गरिरहेका छन् ।

Damage from the latest earthquake

सरकारी टेलिभिजन एनएचकेले मृत्यु भएका सबै भत्किएका भवन भित्र भेटिएको र घाइतेको संख्या ६४ पुगेको र उनिहरुलाई स्थानिय अस्पतालहरुमा भर्ना गरिसकिएको जनाएको छ ।
एनएचकेले सरकारी अधिकारीलाई उदृत गर्दै भत्किएका भवनका संरचना भित्र ८० जना बढी व्यक्ति फसेको ठानिएको बताएको छ ।

Map locator

भूकम्प पछि जारी गरिएको सुनामीको चेतावनी केही समयमा फिर्ता लिइएको थियो ।

भूकम्पपछि मध्यरात नै १५ हजार बढी व्यक्तिले विभिन्न सुरक्षित आश्रय स्थलमा आश्रय लिएका थिए ।

The stone wall of Kumamoto Castle is seen damaged by the earthquake

भूकम्प पछि २ लाख बढी घरहरुमा विद्युत आपुर्ति सेवा बन्द गरिएको छ ।

यसैबिच जापान सरकारको कुमामोतो इन्टरनेशनल सेन्टरले भूकम्पबाट प्रभावित विदेशीहरुलाई रहनको लागि अस्थाइ आपतकालिन सेन्टरहरु सञ्चालनमा ल्याएको छ ।

अंग्रेजी, जापानी र चाइनीज भाषामा सेवा सुरु गरेको सेन्टरमा विभिन्न समुदायका नेताहरुसँग सम्पर्क गरेर मुश्लिम, बंगलादेशी, फिलिपिनो र कोरियनहरुलाई आपतकालिन सेन्टरमा सेवा दिन थालिएको बताइएको छ ।

जापान तोहोकु क्षेत्रमा सन् २०११ मार्चमा गएको ९ रेक्टर स्केलको भूकम्पमा परि २० हजार बढी व्यक्तिको मृत्यु भएको थियो । उक्त समयमा सुनामी र न्युक्लियर पावर प्लान्टको असरका कारण क्षति र हताहती बढ्न पुगेको थियो ।