आज 'ड्रिम्स' चलचित्र जापान फुकुओकामा प्रदर्शन हुँदै (अपडेट)

Posted on: May 02, 2016 | views: 395

४ बैशाख, टोकियो ।

नेपालमा गत बर्ष सर्वाधिक हिट बनेको एकमात्र चलचित्र ड्रिम्स आज जापानको फुकुओकामा प्रदर्शन हुँदैछ ।

यसअघि जापानको टोकियोमा प्रदर्शन गरिसकिएको चलचित्र ड्रिम्सको व्यापक सफलता पछि फुकुओका सहित विभिन्न स्थानमा थप प्रदर्शन गर्न लागिएको छ ।

...............

३ बैशाख, टोकियो ।
सुपरहिट चलचित्र ड्रिम्स भोली शनिवार अर्थात् अप्रिल १६ तारिख साँझ ६ बजे जापानको फुकुओका प्रदर्शन हुने भएको छ ।

जापानको राजधानी टोकियोमा यही अप्रिल १० तारिखमा भव्य प्रदर्शन भइसकेको चलचित्र ड्रिम्स फुकुओकासँगै जापानको विभिन्न स्थानमा थप प्रदर्शन हुने भएको छ ।

फुकुओकामा भोली प्रदर्शन हुने भएको चलचित्र ड्रिम्सको लागि टिकट दर मात्र जापानी ऐन ३ हजार तोकिएको र अधिकाशं टिकट विक्रि भइसकेको लक्ष्मण बानियाले जानकारी दिनुभयो ।

चलचित्र ड्रिम्सलाई जापानमा प्रदर्शनको अधिकार स्टार इन्टरटेनमेन्टले लिएको छ ।

जापानमा चलचित्र ड्रिम्स प्रदर्शनको अधिकार पाउनुभएका सफल व्यवसायी तथा स्टार इन्टरटेनमेन्टका प्रमुख प्रल्हादसिंह महतका अनुसार चलचित्र ड्रिम्स फुकुओकाको चुओ सिमिन सेनटरमा प्रदर्शन हुँदैछ ।

बुद्ध रेष्टुरेन्ट फुकुओकाको पहलमा प्रदर्शन हुन लागेको चलचित्रको केही टिकट मात्र बाँकी रहेको बताइएको छ ।
टिकटको लागि बुद्ध रेष्टुरेण्टमा ०९०९४९५१०५० मा सम्पर्क गरेर टिकट बुकिगं गराउन सकिने स्टार इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

अग्रिम टिकट बुकिगं गराउन प्रल्हाद सिंह महत ०७०१३६८९९२२ र रोमियो मानन्धरलाई ०८०३०५५८२२२ मा सम्पर्क गर्न सकिने स्टारइन्टरटेनमेन्टले जनाएको छ ।

ड्रिम्सको टोकियो प्रदर्शन यस्तो भव्य भएको थियो, भिडियो हेर्नुहोस्