जापान क्युस्यु भूकम्पले समस्या परेकालाई सम्पर्क गर्न दुतावास र एनआरएनको आग्रह

Posted on: May 02, 2016 | views: 517

गोकर्ण अधिकारी-३ बैशाख, टोकियो ।
जापानको क्युसु क्षेत्र केन्द्र भएर गएको ६.४ रेक्टरको शक्तिाशाली भूकम्पका कारण समस्यामा परेका नेपालीहरुलाई यहाँस्थित नेपाली राजदूतावास र गैर आवासिय नेपाली संघ एनआरएनले सम्पर्क गर्न अनुरोध गरेको छ ।

६.४ रेक्टरको भूकम्प र सोही बराबरको एक पराकम्पन सहित दुई दर्जन पराकम्पनका कारण कम्तिमा ९ जनाको मृत्यु हुनपुगेपछि जापानका लागि कार्यवाहक नेपाली राजदूत गहेन्द्रराज राजभण्डारीले समस्यामा परेका नेपालीहरुलाई दूतावासमा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल मार्फत समेत सेवा दिन थालेको दूतावासले आफ्नो फेसबुक पेज मार्फत समेत क्युसु क्षेत्रमा गएको भूकम्प र त्यसबाट कोही नेपाली नेपाली समस्यामापरेको भए सम्पर्क राख्न अनुरोध गर्दै यस्तो सुचना जारी गरेको छ ।

जापानको क्युसु क्षेत्रमा ६.४ रेक्टर स्केलको भुकम्प गएको तथा हालसम्म सुनामीको कुनै खतरा नदेखिएको जानकारी प्राप्त भएको छ । त्यस क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली सकुशल हुनुहुन्छ भन्ने कामना गर्दछौं । साथै, सबैजना होशियार भई केही परेमा एन आर एन तथा दुतावासमा सम्पर्क गर्न हुन अनुरोध छ ।
-
Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館

यसैगरि एनआरएन अन्तराष्ट्रिय संयोजन समितिका उपाध्यक्ष भवन भट्टले दक्षिणि जापानको कुमामोतो प्रिफेक्चरलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतीबारे बुझ्ने काम भइरहेको भन्दै समस्यामा परेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।

 

जापानका सफल व्यवसायी रुपमा समेत परिचित भट्टले सुनामीको कुनै खतरा नरहेको भन्दै गैर आवसिय नेपाली संघ र यहाँको राष्ट्रिय संयोजन समिति लगाएत दुताबास पनि जापानमा भएको भूकम्पले पारेको असरमा चिन्तित रहेको भन्दै नेपालीहरु आवद्ध सबै ठाउँमा हताहतीबारे बुझ्ने काम भइरहेको बताउनुभएको छ ।

कोही नेपाली समस्यामा परेको भए जानकारी गराउन अनुरोध गर्दै गैर आवशिय नेपाली संघ
अन्तराष्ट्रिय संयोजन समितिका उपाध्यक्ष भट्टद्धारा जारी सन्देश यस्तो छ ।
आज जापानी समय राती ९ बजेर २६ मिनेट जादाँ दक्षिणि जापानको कुमामोतो प्रिफेक्चरलाइ केन्द्रबिन्दु बनाएर ६ दसमलब ४ म्याग्नेच्युडको भुक्मप गएको छ। हाल सम्म स्थानिय निकायले कुनै क्षति को बिबरण पेश गरेको छैन र सुनामीको पनि समस्या छैन भनेको छ।

गैर आवसिय नेपाली संघ र यहाँको राष्ट्रिय संयोजन समिति लगाएत दुताबास पनि जापानमा भएको यस प्राकृतिक प्रकोप प्रति चिन्तित रहेको र उक्त स्थानमा भएको क्षति बारे स्थानिय सरकार र प्रशासन लगाएत गैर आवसिय नेपाली संगको क्युस्यु क्षेत्र फुकुओका स्थित संयोजक तथा कुमामोतो बिश्व बिध्यालयसंग आवध्द नेपाली बिशेषज्ञ हरुसंग सम्पर्कमा रहि रहेको हुदाँ उक्त प्रकोप प्रभावित क्षेत्रमा नेपाली नागरिकहरु हालसम्म हताहत नभएको जानकारीमा आएको कुरा अवगत गराउन चाहन्छु। कथमकथाचित कोहि नेपालीहरु बिपतमा पर्नुभएकोछ भने जानकारी गराउनुहुन अनुरोध गर्दछू।
गैर आवशिय नेपाली संघ
अन्तराष्ट्रिय संयोजन समिति
उपाअध्यक्ष
भवन भट्ट
जापान

Bhaban Bhatta

यसैगरि गैरआवसिय नेपालीसंघ जापानले पनि भूकम्पका कारण कोही नेपाली समस्यामा परेको भएमा नेपाली राजदूतावास जापान, एनआरएन वा स्थानिय समिटिलाई जानकारी गराउन अनुरोध गरेको छ ।

एनआरएन जापानले केही व्यक्तिले भूकम्प गइरहेको समयमा टिभिको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको पाइएको भन्दै भूकम्पले हल्लाइरहेको समयमा खिचेका त्यस्ता भिडियो खिच्ने व्यक्ति पनि हल्लिरहेको समयमा खिचिएको हुँदा बढी असर पारेको जस्तो देखिन पुगेको हुनसक्ने भन्दै यसमा सजक रहन र सहयोगमा जुट्न सबैसँग आग्रह गर्दै यस्तो सन्देश जारी गरेको छ । एनआरएन जापानले कपोलकल्पित र भ्रामक हुने खालका यस्ता सामग्री प्रकाशन प्रशारण नगरिदिनुहुन समेत सबैमा आग्रह गरेको छ ।

आज जापानी समय राती ९ बजेर २६ मिनेट जादाँ दक्षिणि जापानको कुमामोतो प्रिफेक्चरलाइ केन्द्रबिन्दु बनाएर ६ दसमलब ४ म्याग्नेच्युडको भुक्मप गएको छ। हाल सम्म स्थानिय निकायले कुनै क्षति को बिबरण पेश गरेको छैन र सुनामीको पनि समस्या छैन भनेको छ ।

क्यूस्यू(九州) क्षेत्रमा भर्खर केहि समय अगाडी अधिकतम ७ म्याग्निच्युड सम्मको भुईचालो गएको छ । त्यस क्षेत्र रहनुहुने सम्पूर्ण नेपाली लगाएतका बासिन्दाहरू सुरक्षित हुनुहुन्छ भन्ने कामना गर्दछौं।कुनै पनि समस्सा परेमा एनआरएनए जापान र क्युस्यू क्षेत्रिय कमिटीलाई जानकारी गरी सहयोग लिनुहोला।

संम्योजक किरण बर्मा ०८०३९९७२६९३
उप संम्योजक लक्ष्मण बानियाँ ०९०९४९५१०५०
सचिब बासुदेब लामिक्षाने ०९०८४०४२००९
उप सचिब देबराज उप्रेदि ०८०४२८७१४१४
कोसाआक्ष्य श्रीभद्र अदिकारि ०८०३१८४३२४०
सदस्यहरु
१ .नबराज गौतम ०९०२९६१४६५२
२ .भिम गुरुंग ०९०२९६१४२७२
३ .अस्मिता श्रेस्ट ०८०४६९१५३२६
४ .हस्त लामा ०८०३३७८५३४२
५ .रोसन तिमिलसिना

क्षेत्रिय आपतकिलिन सहयोग समिति (हेल्प लाइन) का
संयोजक- टंक गैरे-090-3414-7642
उपसंयोजक- नरेन्द्र वस्नेत-090-9169-8550
-
NRN Japan

जापानमा भूकम्पमा परि कम्तिमा ९ को मृत्यु, हजार बढी घाईते

जापानमा ६.४ रेक्टरको भूकम्प, सुनामीको खतरा छैन