जापानमा ६.४ रेक्टरको भूकम्प, सुनामीको खतरा छैन

Posted on: May 03, 2016 | views: 418

२ बैशाख, काठमाडौं ।
जापानमा बिहिबार राजधानी टोकियो केन्द्रबिन्दु भएर भूकम्प गएको केही बेरमा त्यसको दुईगुणा ठूलो अर्को भूकम्प भएको छ ।

जापानको मेट्रोलोजिकल एजेन्सीका अुनसार बिहिबार राती ९ बजेर २६ मिनेटमा कुमामोतो प्रान्तको कुमामोतो क्षेत्र भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

जापानी भूकम्प मापन केन्द्रलाई उल्लेख गर्दै सरकारी टेलिभिजन एनएचकेमा प्रशारण भएअ नुसार अमेरिकी भूकम्प मापन केन्द्र वा अन्य कुनै वेवसाइटको आधारमा ७ रेक्टर भनिएपनि भूकम्पको मापन ६.४ रेक्टर मात्र रहेको छ ।

भूकम्पको कम्पन ठूलो रहेपनि त्यसले कुनै क्षति पुर्याएको वा सुनामीको कुनै खतरा नरहेको बताइएको छ ।

विश्वमै धेरै भूकम्प जाने देशको रुपमा चिनिने जापानमा बर्षको १४ सय बढी ४ रेक्टर स्केल वा सो भन्दा माथिका भूकम्पको कम्पन जाने गरेको छ ।

यद्यपी जापानमा ६ रेक्टर भन्दा सानो वा सो बराबरको भूकम्पको कम्पनले भौतिक वा मानविय क्षति भएको खवर बिरलै हुने गर्छ ।

६.४ रेक्टर पछि ४ रेकटर र ५.७ रेक्टर स्केलको दुई पराकम्पन गएको पनि एनएचकेले जनाएको छ ।

टोकियो केन्द्रविन्दु भएर भूकम्पको झड्का