जापानी किशोरीमा यौन दुव्र्यवहार गरेको आरोपमा नेपाली पक्राउ

Posted on: May 03, 2016 | views: 514

मदन पाठक-२ बैशाख, टोकियो ।
जापानी किशोरीमाथि यौन र्दुव्यवहार गरेको आरोपमा पक्राउ परेका नेपाली युवामाथि यस्तै र्दुव्यवहारका थप आरोप लागेका छन् ।

गत जनवरिमा २० वर्षिया किसोरीलाई यौनजन्य कृयाकलाप गरेको आरोपमा पक्राउ परेका रवि थापा नाम गरेका २९ वर्षीय ति युवाले पटक पटक दुव्यर्वहार गरेको जापानी समाचार संस्थाहरुले बताएका छन् ।

थापालाई उक्त आरोपमा जापानी प्रहरीले पक्राउ गरेर पनि उनि छुटेको बताइएको छ । तर उनी त्यसपटक कसरी छुटेको भन्ने विषय भने खुलाइएको छैन ।

गत वर्षको जुलाईमा पहिलो पटक सिनागावा वार्डमा वस्ने किसोरीलाई उनले यौन दुव्यर्वहार गरेको आरोप प्रहरीको छ ।

हाल जापान प्रहरीको नियन्त्रणमा रहेका उनिमाथि यौन र्दुव्यवहारको आरोपबारे थप छानविन भइरहेको बताइएके छ ।

विद्यार्थीको रुपमा सन २००८ मा जापान आएका थापा २०१२ मा शरणार्थी भिषाका लागि आवेदन दिएर जाापनमा बस्दै आएको उल्लेख छ ।

यस्तो छ जापानी च्यानलले थापा पक्राउ परेको बारे प्रशारण गरेको भिडियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।