नेपालका मोहन ड्रागन जापानमा “कार्निभल फाईट” मा विजयी

Posted on: May 02, 2016 | views: 335

२ बैशाख, टोकियो ।
जापानमा भएको “कार्निभल फाईट” मा नेपाली मुक्केवाज मोहन महर्जन ड्रागन बिजयी भएका छन् ।

जापानको एहिमे राज्यमा भएको प्रतिस्पर्धामा मोहन ड्रागनले एहिमे राज्यका च्याम्पियन तेचुहिरोलाई नक आउट गर्दै उपाधी जितेका हुन् ।

ड्रागनले रोमान्चक प्रतिस्पर्धामा पहिलो पन्च मै विपक्षीलाई लडाएर नकआउट गर्न सफल भएका हुन् । उनले खेल सुरु भएको केही मिनेटमै एहिमे च्याम्पियनलाई ढालेका थिए ।

मुराकामी माचुरी 'पर्व' को अवसरमा आयोजना हुने प्रतिस्र्धामा घातक मानिने थाई शैलीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

Mohan _jap

६७ किलो तौल समुहमा भिडेका ड्रागन लामो समय पछिको महत्वपूर्ण उपाधी जितेकोमा खुसी लागेको बताए ।

mohan2

एक समय जापानी किक वक्सिङमा च्याम्पियन भईसकेका मोहन ड्रागनको यो पछिल्लो समयको महत्वपूर्ण उपाधी हो ।