अप्रिल १७ मा मगरसंघ जापानको १८ औं महाधिवेशन

Posted on: May 03, 2016 | views: 282

२ बैशाख, टोकियो ।
जापानमा रहेका मगरहरुको संस्था मगर संघ जापानको १८ औं महाधिवेशन यही अप्रिल १७ ताखिमा हुने भएको छ ।

यही अप्रिल १७ मा टोकियोको ईकेबुकुरो टोसीमा कु वार्ड कम्युनिटी सेन्टरमा १२ बजे देखीसंघको अधिवेशन हुने भएको छ ।

मगर संघका पदाधिकारीहरुले दिएको जानकारी अनुसार सोही दिन साढे तीन बजे देखि साढे चार बजे सम्म संघको बन्द सत्र हुने छ ।

मगरसंघ जापान ले बिधान परिक्षेत (४० को धारा ) १२० बमोजिम महाधिबेसन हुन लागेको हो ।

संघले जापानमा रहेका संघसंग आवद्ध वरिष्ठ संरक्षक,सल्लाहाकार र सदस्यहरुलाई अनिवार्य उपस्थित हुन आग्रह समेत गरेको छ ।

नेपाल मगर संघको वैदेशीक भातृ संगठनको रुपमा मगर संघ जापानले बिकाशको लागी जापानमा भएका संघ,संस्थाहरु संग हातेमालो गर्दै जापानका बिभिन्न क्षेत्रमा छरिएर रहेका मगरहरुलाई एकिकृत गर्दै, समाजीक उदेश्यका लागि लामो समय देखि काम गर्दै आएको जनाएको छ ।

महाअधिवेशन संम्बन्धि थप जानकारीका लागि किरन थापा मगर(०८०३५९७११०५) दिपक बुर्जा मगर(०८०३७०८५५५०) योगेन थापा मगर(०८०४०५५५७८१) सम्र्पकको गर्न सकिने संघले जानकारी गराएको छ ।