टोकियोको सडकमा गुन्जियो-'दुनियाँलाई थाहा होस् बुद्ध नेपालमा जन्मिएका हुन्'

Posted on: May 02, 2016 | views: 380

२८ चैत, टोकियो ।
हातमा राष्ट्रिय झण्डा, साथमा भगवान बुद्धको चित्र जहाँ लेखिएको थियो दुनियाँलाई थाहा छ भगवान बुद्ध नेपालमा जन्मिएका हुन् ।

राष्ट्रिय झण्डा, नेपाली पहिरन, मौलिक भेषभुषा सहित महिला, पुरुष र बालबालिका समेतको ताँति देखेपछि जापानको राजधानी टोकियोमो सिवुयाका जापानी चकित परे ।

हजारौं नेपाली र केही जापानी समेतको सहभागीतामा जापानको राजधानी टोकियो सिवुुयाको सिवुया पार्क मूख्य सडमा यस्तो र्याली र नारा गुन्जिएपछि जापानी मात्र होइनन् जापान घुम्न आएका हजारौं बिदेशी पर्यटक समेत एकछिन रमिते बने ।

भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, दुनियाँलाई थाहा होस् बुद्ध जन्मस्थल लुम्बिनी हो नेपाल जापान औपचारिक सम्वन्ध ६० औं बर्षगाँठ बारे नारा लगाएपछि थाहा पाएकी भगवान गौतमबुद्धको जन्मस्थल भारतमा भएको भनि भारतले छर्न खोजिरहेको प्रचार झुट हो ।

नेपाल जापान युथ क्लव र विइफर अल जापानको आयोजनामा तीन बर्षदेखी हुँदै आएको र्याली यस बर्षपनि भव्य रुपमा सफल भएको छ ।

एनआरएन जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष तथा नेपाल जापान युथ क्लवका अध्यक्ष टासि लामा, सफल युवा व्यवसायी प्रल्हादसिंह महत लगायत करिव दुई हजार नेपाली सहित जापानी समेतको सहभागीता रहेको शान्ति र्यालीमा जापानमा रहनुभएका नेपाली महिलाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।