नेपालबाट आएका थप ६ जनामा जापानको एयरपोर्टमै कोरोना पुष्टि, संक्रमित संख्या २० पुग्यो

Posted on: October 18, 2020 | views: 210

गोकर्ण अधिकारी-टोकियो, जापान ।

नेपालबाट आउने हरेक उडानमा कोरोना संक्रमित भेटिने क्रम बढ्न थालेको छ । उडान पिच्छे संक्रमित थप हुँदै जाने क्रममा ६ जना नयाँ संक्रमित भेटिएका छन ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार अक्टोबर १६ तारिख २ जना र १७ तारिख नेपालबाट आएका ४ जनामा एयरपोर्ट क्वारिन्टिनमा

गरिएको परीक्षणमा कोभिड(१९ पोजेटिभ पाइएको हो । नारिता र कान्साई अन्तरराष्ट्रिय बिमानस्थल हुँदै जापान प्रबेश गर्न

लागेका उनिहरुमा लक्षण बिनाको कोरोना संक्रमण पाइएको एयरपोर्ट क्वारिन्टिनका अधिकारिहरुले बताएका छन  ।

संक्रमितहरुमा १६ तारिख दुइजना रहेका छन । उनिहरु १५ तारिखको उडानमा नेपालबाट आएका थिए । कारोबारलाई प्राप्त जानकारी अनुसार संक्रमित दुबैजना श्रीमान र श्रीमती हुन । ३० बर्ष उमेर समुहका उनिहरु गुन्मा केनमा बस्दै आएका छन ।

यसैगरी १६ तारिखको उडानमा नेपालबाट आएका ४ जनामा १७ तारिख जापानको बिमानस्थलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएको छ ।

संक्रमित हुनेमा २० बर्ष उमेर समुहका दुइजना पुरुष छन । यसैगरी ३० बर्ष उमेर समुहका एक जना पुरुष र ५० बर्ष उमेर समुहकी एक जना महिला गरी कुल ४

जना रहेका छन ।

नेपालबाट जापान आउने नेपालीमा लक्षण बिनाको कोरोना संक्रमण धेरै पाइएको छ । हालसम्म नेपालबाट आएर बिमानस्थलमा गरिएको परीक्षणमा कोरोना संक्रमण पाइएकाको संख्या २० पुगेको छ ।

२० जनामा केवल एक जनामा मात्र हालसम्म ज्वरोको लक्षण पाइएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । 

नेपालबाट आउनेमा कोरोनाको संक्रमण भेटिने क्रम बढ्दै जाँदा नयाँ आउनेहरुलाई कडाई गरिने आशंका गरिन थालिएको छ । पछिल्लो समय नेपालमा

कोरोना संक्रमण महामारिको रुपमा फैलदै जादा दैनिक २ हजार भन्दा धेरै नयाँ कोभिड(१९ संक्रमित थपिदै आएका छन ।

नेपालमा एक लाख २९ हजार कोरोना संक्रमित नाघ्दा ७२७ जनाको कोरोनाकै कारण निधन भएको छ ।

संक्रमित मध्ये ८९ हजार जना संक्रमण मुक्त भएका छन ।