जापानमा शरणार्थी बन्न आवेदन दिने नेपालीको संख्या उच्च

Posted on: May 02, 2016 | views: 334

मदन पाठक-जापान, माघ १० । जपानमा शरणार्थी हुन पाउँ भन्दै आवेदन दिनेहरुमा नेपालीहरुको संख्या सबैभन्दा उच्चरहेको छ । जापान सरकारले सन् २०१५ मा शरणार्थी बन्न पाउँ भनेर आवेदन दिएका मध्ये २७ जना छानिएपछि नेपालीहरुको संख्या पनि बढेको हो ।  जापानको कानुन तथा न्याय मन्त्रालयले  आवेदन दिएका ७५८६ आवेदकहरुवाट सन् २०१६ को जनवरी २३ मा थप १६ जनालाई शरणार्थीको मान्यता दिईएको जनाएको छ  । जापान अध्यागमन विभागले जापानमा काम गर्न सक्ने शरणार्थीहरु एशियाली देशहरुबाट आएका नै बढी छानिएको जनाएको छ । त्यसमध्ये नेपालबाट १७६८ जना ,इन्डोनेसिया बाट ९६९ जना ,टर्की बाट ९२६ जना र म्यानमार लगायत अन्य देशहरु बाट ८०८ जनाको आवेदन परेको विभागले जनाएको छ ।
पछिल्लो वर्षको तुलनामा इन्डोनेसियाका आवेदन दिनेहरुको संख्या १७ जनाले बढेको छ  । सिरियाबाट आउने धेरै संख्याका मानिसहरुले दिएको आवेदन मध्य ३ जनाले शरणार्थीको मान्यता प्राप्त गरेका छन् त्यस्तै गरि शरणार्थीको मान्यता प्राप्त गर्नेहरुमा अफगानिस्तानका ६ जना ,इथियोपिया र श्रीलंकाका ३ र३ जना परेका छन् जापानको न्याय मन्त्रालयले जनाएको छ।