जापानी सम्राट् अकिहितोको ८४ औँ शुभजन्मोत्सवका अवसरमा समारोह आयोजना

Posted on: December 15, 2017 | views: 52

काठमाडौं ।

जापानी सम्राट् अकिहितोको ८४ औँ शुभजन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज यहाँ स्वागत समारोह आयोजना गर्नुभएको छ । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, नेपालमा रहेका जापानी नागरिकलगायत व्यक्तित्वको सहभागिता थियो । 

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

समारोहमा उपस्थित व्यक्तित्वलाई नेपालका लागि जापानी राजदूत ओगावाले स्वागत गर्दै जापान नेपालको एक असल मित्र राष्ट्र रहेको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् शैक्षिकलगायत विभिन्न क्षेत्रको विकासमा जापानले पु¥याउँदै आएको र आगामी दिनमा पनि नेपालको विकासमा सहयोग निरन्तर रहने बताउनुभयो ।