पोख्रेलीले गरे एनआरएनए जापानको सम्मान, आइसिसि प्रतिनिधिलाई पञ्चेबाजा सहित बोकेर सम्मान

Posted on: November 13, 2017 | views: 751

टोकियो ।

रिक्त पाँच सदस्य मनोनित गर्दै कार्यसमितिलाई पूर्णता दिएको गैर आवासिय नेपाली संघ जापानले एनआरएनए आइसिसि अध्यक्ष भवन भट्ट सहित कार्यसमितिलाई भव्य सम्मान गरेको छ ।


गत मंगलबार बसेको कार्यसमिति बैठकले महिला तर्फ संगीता अधिकारी सहित खुल्ला सदस्य तर्फ बुद्धि गौचन, सचिन श्रेष्ठ, मेख वाईवा लामा र दीपक कँडेललाई मनोनित गरेको हो ।


र्कासमिति बैठकले वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारीलाई दशौं नेपाल फेष्टिवल कार्यक्रमको संयोजक तोकेको छ भने एनआरएनए एनसिसिको भावि नीति तथा योजना तयार गर्न महासचिव बुद्धिराज घिमिरेलाई जिम्मेवारी तोकेको छ ।


यसैगरि एनआरएनए जापानको पदाधिकारी वैठकले आगामी वर्ष आयोजना गरिने हिमालय नाईट ल्होसार कार्यक्रममा नेपाल आईडल विजेताहरुको सहभागितामा हुने कार्यक्रमका लागि उपाध्यक्ष सरोजकुमार खत्रीलाई संयोजकको जिम्मेवारी दिएको छ ।


काँधमा बोकेरै भवन भट्टको सम्मान, एनआरएनए आइसिसि पदाधिकारीको स्वागतमा पञ्चेबाजा


गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका नब निर्वाचित पदाधिकारीहरुलाई एनआरएनए जापानले भव्य सम्मान गरेको छ ।


एनआरएनए जापानले आयोजना गरेको सम्मान कार्यक्रममा जापानमा अन्य संघसंस्थाको पनि सहभागीता रहेको आयोजकले बताएको छ ।


टोकियो स्थित नेपाली राजदुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल समेतको सहभागीतामा भएको कार्यक्रममा अध्यक्ष भबन भट्टलाई काँधमा बोकेरै पञ्चेबाजा सहित कार्यक्रम स्थलमा आयोजकले सम्मान गरेको थियो ।


सो अवसरमा एनआरएनए प्रबक्ता भुषण घिमिरे, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा, क्षेत्रीय उप संयोजक पारसमणी पोखरेल, एनआरएनए युबा सयोजक सुदन थापा सहित जापानबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्यहरु कपिलदेब थापा,डिलाराम खरेल, दिनेश गुरुङ, केशर गिरी लगायतलाई सम्मानित गरिएको थियो ।


सम्मान कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाको स्वागत मन्तब्यका साथै प्रबाशी नेपाली मन्च – जापानका कार्यबाहक अध्यक्ष बाबुराम भण्डारी, जन प्रगतिशील मंचका अध्यक्ष हबल चन्द्र लामा, शालिकराम सापकोटा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगायतको उपस्थिति रहेको थियो ।




कार्यक्रममा गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले स्वागत मन्तब्य राखेका थिए भने आदिबासी जनजाती महासंघका पासांग शेर्पा,जन सम्पर्क समिति जापानका अध्यक्ष डिपी कंडेल, युबा संयोजक सुदन थापा, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरण बिक्रम थापा लगायतले आफ्ना धारणा राखेका थिए ।


सो कार्यक्रम लाई प्रमुख अतिथि कृष्ण चन्द्र अर्याल र बिशेष आतिथि तथा गैर आवाशीय नेपाली संघका केन्द्रीय अध्यक्ष भबन भट्टले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिब बुद्दी घिमिरेले गरेका थिए भने अध्यक्षता एनआरएनए जापानका अध्यक्ष टासी वांदी लामाले गरेका थिए ।


कार्यक्रममा बोल्दै नव निर्वाचित एनआरएनए आइसिसि अध्यक्ष भवन भट्टले उज्यालो नेपाल कार्यक्रम अन्तर्गत १ लाख ५० हजार एलइडी बल्ब नेपालका लागि दिन सुरु गरेको जानकारी गराएका थिए ।

नेपालमा हालको उर्जा संकटलाई न्युनिकरण गर्नका लागि नेपाल सरकारसँगको सहकार्यमा एलइडी बल्ब उपलब्ध गराएर २ सय पचास मेगावाट विद्युत बचत गर्ने योजना रहेको भट्टको दाबी छ ।


गैर आवासीय नेपालीहरुसँग रहेको सीप क्षमता र पूजिँको अधिकतम उपयोग गर्नका लागि नेपाल सरकारसँग सहकार्य गर्दै जाने र अबको दुई वर्षमा तीन सय मेगावाट विद्युत उत्पादन गर्न लागिपर्ने योजना भट्टले प्रस्तुत गरेका थिए ।


कार्यक्रममा नेपाली राजदूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले समृद्ध नेपालका लागि राज्यले तय गरेका नीति तथा कार्यक्रमभित्र रहेर संघले सहकार्य गरेमा छिट्टै नै राम्रो प्रतिफल निस्कने धारणा राखेका थिए ।



कार्यक्रममा केन्द्रीय अध्यक्ष भट्ट, प्रवक्ता भूषण घिमिरे, एसिया प्यासिफिक क्षेत्रीय संयोजक किरणविक्रम थापा, क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेल, एनआरएनए युवा संयोजक सुदन थापा,आइसिसी सदस्यहरु कपिलदेव थापा, डिलाराम खरेल, दिनेश गुरुङ,केशर गिरी लगायतलाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो ।


कार्यक्रममा परशुराम बस्नेतलाई एनआरएनए जापानको प्रवक्तामा नियुक्ति गरिएको जानकारी गराइएको थियो । एनआरएनए जापानको मनोनित भएका सदस्यहरुलाई सो अवसरमा सपथ ग्रहण समेत गराइएको थियो ।



यसैगरि एनआरएनए जापानको टिमलाई कास्की समाज जापानले गत साता सम्मान गरेको छ ।


गैर आवसिय नेपाली संघ जापानको नवनिर्वचित कार्यसमितिलाई जापानमा बस्ने पोखरेलीहरुको संस्था कास्की पोखरा समाज जापानले गत आईतबार टोकियोमा सम्मान सहित बधाई कार्यक्रम सम्पन्न गरेका हो ।


बधाई तथा सम्मान कार्यक्रम, एनआरएन जापानका पूर्व अध्यक्ष तथा सामाजिक अभियान्त ओम गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।


कास्की पोखरा समाज जापानका कार्यबाहक अध्यक्ष विश्व सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कास्की समाजका अध्यक्ष एवं एनआरएन जापानका दशौं अधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित शिवप्रसाद पौडेलले आफुलाई विजयी बनाउन अहोरात्र खटी सर्वाधिक मत सहित विजयी बनाउन सफल भएकोमा संस्थालाई आभार ब्यक्त गर्दै सबै पोख्रेलीहरु मिलेर संस्थालाई अझ बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।


बधाई कार्यक्रम नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, गल्कोट समाजका अध्यक्ष नर बहादुर थापा, कास्की समाजका सल्लाहकार सन्देश अधिकारीले सघसंस्थाका तर्फबाट धारणा राखेका थिए ।


एनआरएन जापानको तर्फबाट वरिष्ठ उपध्यक्ष देविलाल भन्डारी, उपध्यक्ष अनिता गुरुङ, उपध्यक्ष सरोज कुमार खत्री, महासचिव बुद्धि राज घिमिरेले बधाई कार्यक्रमगरी ज़िम्मेवारी बोध गराएकोमा कास्की पोखरा समाजलाई धन्यवाद दिदै अगामी दिनमा पनि राम्रो र हाम्रो एनआरएन जापान बनाउन सहयोग गर्न अनुरोध गरे ।


बधाई तथा सम्मान कार्यक्रममा कास्की पोखरा समाज जापानको आगामि नेतृत्व निर्वाचन नहुँदा सम्म वर्तमान उपाध्यक्ष विश्व सुवेदीलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गराईएको थियो ।