नेपाली विद्यार्थीलाई जापान प्रवेशमा कडाई

Posted on: November 07, 2017 | views: 648

टोकियो ।

जापानमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुको संख्याको आधार नेपाल शिर्ष नम्वरमा छ । तर नेपाली विद्यार्थी आएसरह अध्ययन र जापान बसाई राम्रो नदेखिंदा जापानले नेपाली विद्यार्थीमाथि गर्दै गएको कडाई थप कडा पार्ने भएको छ ।


अध्ययनका लागि आएपनि अध्ययन भन्दा बढी पैसा कमाउनमा समय खर्चने र पछिल्लो समय शरणार्थी तथा अन्य समस्या बढी देखिन थालेपछि नेपाल सहित अन्य पाँच देशबाट आउने विद्यार्थीको भिषा अनुमतिमा जापानले थप कडाइ गर्ने भएको हो ।


सन् २०१५ मा दुई लाख विदेशी विद्यार्थी आएको जापानमा यो संख्या बढ्दो छ । विद्यार्थी बढेपनि अध्ययन भन्दा बढी अर्थात् करिव ६० प्रतिशत विद्यार्थी कमाउनका लागि जापान आएको पाइएपछि जापानको न्याय मन्त्रालयले सम्वन्धित अध्यागमन कार्यलयलाई पत्राचार गरेर यसमा कडाई गर्न भनेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।


गैरकानुनी हिसावमा काम गर्ने तथा गैरकानुनी रुपमा बसोवास गर्ने विदेशीहरु बढिरहेकोमा समेत चिन्ता व्यक्त गर्दै मन्त्रालयले यसमा कडाई गर्न भनेको छ ।


विदेशी नागरिकलाई हप्ताको २८ घण्टा मात्र काम गर्ने अनुमति दिएपनि फुल टाईम काम गर्ने, स्कुलबाट भाग्ने, गैरकानुनी हिसावमा बसोबास गर्ने ठगी तथा विभिन्न अपराधिक क्रियाकलापमा संलग्नका घटना बढिरहँदा विद्यार्थीहरुको यसमा संलग्नता बढ्दै गएको पाइएपछि न्याय मन्त्रालयले यसमा चासो देखाउँदै पत्र काटेको हो ।


अनुसन्धानका क्रममा एक नेपाली विद्यार्थीले कक्षमा सुत्ने र अन्य समय काम गरेर विताउने गरेको बयानमा बताएको उल्लेख छ । ति व्यक्तिका अनुसार उनले आफ्ना अधिकाशं साथिहरु अध्ययनमा भन्दा काममा बढी व्यस्त हुनेगरेको बताएका थिए ।


जापानकँ भाषा स्कुल तथा भोकेशनल कलेजहरुल्े विद्यार्थी नपाउँदा विद्यार्थी तान्ने होडबाजीले पनि विकृति बढाएको बताइएको छ ।


न्याय मन्त्रालयका अनुसार सन् २०१७ को जुनको अन्तिममा जापान भरि २ लाख ९१ हजार एक सय ६४ रहेका छन् भने सन् २०१७ को जुन सम्ममा करिव ६० हजार  विद्यार्थी थप भएका छन् । जसमा सबैभन्दा बढी चिनियाँ १९ हजार ७३ र भियतनामी १८ हजार ७ सय ७२ रहेका छन् । त्यसपछि नेपाल, श्रीलंका, फिलिपिन्स, वर्मा लगायतका देशका रहेका छन् ।


नक्कली विदेशी विद्यार्थी नियन्त्रणनै समस्याको पहिलो समाधान भएको निर्क्यौल सहित जापान सरकारले नेपाल सहित चीन, भियतनाम, श्रीलंका, वर्मा, फिलिपिन्स आदि देशबाट जापान आउने विद्यार्थीलाई कडा गर्ने बताइएको छ ।