एनआरएनए जापानको उपाध्यक्षमा एकमतका हकदार उम्मेद्धार द्रोण सिलवाल

Posted on: September 02, 2017 | views: 414

टोकियो ।

एनआरएनए जापानको निर्वाचन समय सुरु हुनु तीन घण्टा अघि यो लेखिरहँदा सम्म सर्वसम्मतीको हल्ला र प्रयास कतैकतै अझै चलिराखेको छ ।


हिजो अबेर रातीसम्म दुई उपाध्यक्षमा उम्मेद्धार बनेका चारजनालाई राखेर सहमतीको प्रयास र दवाव नेतृत्व बर्गले दिएपनि उम्मेद्धारी छाड्न दबाव दिएकाहरुले आफुले छाड्नुपर्ने स्पष्ट आधार र कारण नपाउँदा ईच्छाइएका व्यक्ति विशेषलाई सर्वसम्मत बनाउनेहरुको प्रयास बिफल रह्यो ।


छत्र छायाँमा रहेकाहरुकै वरिपरि घुमाएर राख्ने एनआरएन जापान नेतृत्व प्रयासमा सहभागी नभई स्वतन्त्र रुपमा साझा उम्मेद्धार बनेका एनआरएनए जापान उपाध्यक्षका एक मतका एक दाबेदार हुन् द्रोण सिलवाल ।


'संस्थागत आकार ठूलो बन्दै गएपनि ७० हजार नेपालीमा केवल १० हजार व्यक्ति मात्र आवद्ध रहनु, कुक, विद्यार्थी, डिपेण्डेन्ट, शरणार्थी देखी विभिन्न पेशा र व्यवसाय गरिरहेका नेपालीहरुले मनैदेखी अपनत्व गर्न नसकिरहनु, देशभित्र विकेन्द्रिकरण भइरहँदा परदेशमा रहेर संस्थालाई केन्द्रिकृत राखिरहँदा एनआरएनए जापानको शाख र आकर्षण अपेक्षा गरे अनुसार बढ्न नसकेको' ठम्याई सिलवालको छ ।


'म क्षेत्रहरु विस्तार मात्र होइन अधिकार र काम कर्तव्य समेत बाँडफाँड गरेर हरेक क्षेत्रलाई समेट्ने छुट्टै योजना र काम गर्नुपर्छ भन्ने योजना सहित उपाध्यक्षमा उम्मेद्धार बनेको हुँ' सिलवालले भने 'मेरो घर नेपालमा नुवाकोट जिल्ला हो तर यहाँ लगभग ७५ जिल्लाकै नेपालीहरु छन् अब हामिले एनआरएनए जापानलाई ति सबै नेपालीलाई बर्ग, क्षेत्र, लिंग, निकटता, नातावाद त्यागेर यहाँ उहाँहरुलाई परदेशको बिरानोपन मेट्नेगरि दुख सुखमा साथ दिंदै अभिभावकत्वको काम गर्नुपर्छ त्यसैले मेरो उम्मेद्धारी उहाँहरुको हरेक काममा साथ दिनलाई अभिभावकिय भूमिका निभाउन हो मलाई विश्वास छ एनआरएनए जापान सदस्य बन्नुभएका उहाँहरुले मलाई मत दिनुहुनेछ ।'


एनआरएनए जापान केन्द्रिय उपाध्यक्षका उम्मेद्धार द्रोण सिलवालको एनआरएनए जापान र आफ्ना अनूभव तथा उम्मेद्धारी बारेको यो लेख




जापानलाई कर्मथलो बनाएर विभिन्न पेशा, ब्यवसाय र रोजगारीमा आवद्ध नेपालीहरुको साझ संस्था हो एनआरएनए जापान । यसले जापानवासी नेपालीको हितमा कति काम गर्यो या गरेन बहसको विषय हुन सक्छ तर संस्थाको गरिमालाई बाचाइराख्न सवैको भूमिका महत्वपूर्ण हुनुपर्छ र सवैले संस्थाको अपनत्व महशुस गर्न पाउनुपर्छ ।


नेपाल र जापानको दौंत्य सम्बन्धले छ दशक पार गरिसकेको छ । यस्तो अवस्थामा उभिएका हामीले एनआरएन जापानमार्फत नेपाल र नेपालीको हितअनुकुल थुप्रै काम गर्नसक्ने अवस्था छ । नेपाल र जापानबीचको सम्वधलाई अझ प्रगाढ बनाउन एनआरएन जापानले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसको पहलकदमी गर्ने नेतृत्व पनि चाहिएको छ । यसको मतलव यसअघि एनआरएन जापानले केही गरेन भन्ने होइन तर जति गर्नुपथ्र्यो त्यती गर्न सकेको छैन भन्ने सत्यलाई लुकाउन पनि सकिंदैन ।


स्थापना कालदेखि आजको दिनसम्म आइपुग्दा विभिन्न उतारचढाव पार गर्दै लड्दै नेपालीहरुको हकहितमा आवाज उठाउँदै आए पनि संस्थाले साँच्चिकै सम्पूर्ण जापानवासी नेपालीको मनमा बास गर्न नसकिरहेको भान हुन्छ । जापानमा दिनानुदिन नेपालीहरुको चाप बढ्दै गएको परिवेशमा संस्थाले अभिभावकिय भूमिका निभाउन सक्नुपर्छ । यतिखेर ७० हजार भन्दा बढी नेपालीहरु जापानमा छन् र जापानभर िछरिएर रहेका नेपालीलाई एकत्रित गरी समृद्ध संस्था बनाउनु छ । यसमा हामी सवैले हातेमालो गर्नु आवश्यक छ ।


जापानमा विभिन्न माध्यमबाट आउने नेपालीहरुको बढ्दो चापले गर्दा करिब ७० हजार भन्दा बढी जनसंख्या भइसकेका छन् । यति धेरै जनसंख्याको समायोजन गर्न विगतका कार्यशैलिले मात्रै संभव नहुने देखिन्छ । तसर्थ प्रत्येक क्षत्रहरुसँग सहकार्य गर्न अति नै आवश्यक भइसकेको छ । हालसम्म करिब १३ वटा क्षेत्रमा समिति विस्तार भइसकेका छन् जसले नेपाल र नेपालीका लागि आ–आफ्नो क्षेत्रमा काम गर्दै आइरहेका छन् र गर्नेछन् ।


तर राष्ट्रिय समन्वय परिषद्संग भने कार्य सम्पादनको बाँडफाँड र हातेमालो गरी अगाडी बढ्ने कार्य अधिवेशन र चुनावका बेला मात्र केही सक्रिय भएको अनुभूत गर्न सकिन्छ । तसर्थ राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समितिबीचको दुरीलाई घटाई अगाडी बढाउन नितान्त आवश्यक महशुस गरिनुपर्छ । एनआरएन जापान भन्नाले जापानभर िछरिएर रहेका नेपालीहरु हुन् भन्ने कुरालाई आत्मसात गर्नु आवश्यक रहेको छ ।


मैले जापानको होकाइदोदेखि ओकीनावासम्म समन्वय गरी अगाडी बढ्न समितिको संरचनामा परिमार्जन गर्नुपर्ने टट्कारो आवश्यकता महशुस गरेको छु र परिमार्जित संरचनाले क्षेत्रीय समिति र राष्ट्रिय समन्वय परिषद्बीच सेतुको भूमिका खेल्न सक्छ र एकता बनाई राख्न सक्छ भन्ने पनि विश्वास लिएको छु ।


मेरो उम्मेदवारी, मात्र उम्मेदवार बन्नु होइन, समग्र एनआरएन जापान र प्रवासी नेपालीको बृहत्तर हितको लागि समन्वयन गर्नु र जापान सरकारसँग सहकार्य गर्दै नेपाल र नेपालीको पक्षमा विकासका आयामहरुलाई पनि बढाउनु हो । सँगसँगै जापानमा रहेर कम तलबमा आफ्नो परिश्रम बेच्ने प्रशिक्षार्थी कामदार, भिसाका समस्या भएका विद्यार्थी, जापानमा बढेको नेपाली शरणर्थीहरुको विषयलाई पनि हामी एनआरएनले सम्बोधन गर्न जरुरी छ र यो दिशामा सम्बन्धित निकायसँग पहल गर्न मेरो अभियान रहने छ ।


धार्मिक र सांस्कृतिक पक्षमा नेपाल र जापानबीच धेरै समानता रहे पनि जनसंख्या, भूगोल र अर्थतन्त्रको अकारमा तुलना गर्ने ठाउँ छैन । थुप्रै नेपाली ज्ञान र अवसरको लागि जापान आएका छन् र कर्मथलोको रुपमा स्थायी बसोवास गरीरहेका छन् । उनीहरुले आफ्नै व्यवसाय गर्ने देखी लिएर योग्यताअनुसारको काम गर्ने अवसर पाएका छन् । औद्योगीक भनौं वा कुनै पनि उत्पादनको लागि प्रविधिक हिसाबले जापान अब्बल मानिन्छ, यहाँको कृषि प्रविधिलाई मात्रै पनि नेपालमा भित्र्याउन सक्ने हो भने बेरोजगार समस्या स्वत घट्ने र आर्थिक आयमा ठूलो बृद्धि हुने छ ।


त्यस्तै ठूलो संख्यामा प्रकृतिप्रेमी जापानीहरुलाई पर्यटकको रुपमा भित्र्याई नेपालको भौगोलीक, सामाजिक र साँस्कृतिक पक्षमा बुझाउन सके विना उत्पादन नै आर्थिक आम्दानीको स्रोत मजबुत हुन्छ । यसको लागि एनआरएन जापानले सम्बन्धित पक्षसँग छलफल चलाउने र आधार तयार गर्नुपर्ने आबश्यकता छ ।


अहिले एनआरएनहरुले नेपालमा रेमिट्यान्स पठाउनु बाहेक उनीहरुले आर्जन गरेको ज्ञान, सीप र पैसालाई लगानी गर्न पाएका छैनन् । एनआरएन भएर पनि आफू जन्मेको माटो र राष्ट्रप्रति आफूले गर्नुपर्ने दायित्वका बारेमा केही न केही गर्नुपर्ने बेला आएको छ । यसको उचित अवसरको निर्माण हामी आफैले गर्नुपर्छ ।


अतः धार्मिक र सांस्कृतिक हिसाबले नजिक रहेको नेपाल–जापानको दौंत्य सम्बन्धलाई अझ कसिलो र प्रगाढ बनाउँदै दक्षता, योग्यता र प्रविधिक क्षमताको विकासमा हातेमालो गर्दै अगाडी बढाउन एनआरएन जापानको भूमिका महत्वपूर्ण हुनुपर्छ र दायित्व पनि ।