जनप्रगतिशील मञ्च जापानले बाढी पहिरो पीडितलाई राहत संकलन थाल्यो

Posted on: August 17, 2017 | views: 166

टोकियो ।

जनप्रगतिशील मञ्च जापानले गत एक सातायता नेपालमा बाढी९पहिरोबाट पीडित भएकाहरुलाई सहयोग गर्न राहत संकलन थालेको छ ।


मञ्चले नेपालको तराई क्षेत्रको बाढी र पहाडी क्षेत्रको पहिरोमा परि पीडित भएकाहरुको सहयोगार्थ राहत रकम संकलन अभियान सुरु गरेको हो ।


श्रसंकलित राहत रकम बिशेषगरी चितवन माडी क्षेत्रका बाढी पीडित परिवारलाई सहयोग गर्ने र बाँकि रकम अन्य क्षेत्रका पीडितलाई हस्तान्तरण गर्ने मञ्चले जनाएको छ ।


मञ्चले एक विज्ञाप्ति मार्फत मातृभुमी पीडामा परिरहेका बेला प्रवासबाट सबैले सहयोग गर्नुपर्ने उल्लेख गरेको छ । साथै विज्ञप्ति मार्फत नै बाढी पीडितका नाममा सहयोग उठाउने र दुरुपयोग गर्ने परम्परा रहेको भन्दै मञ्चले पीडितहरुलाई प्रत्यक्ष सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ ।


मञ्चले टोकियो भन्दा बाहिर नागोया, ओसाका, फुकुओकालगायतका क्षेत्रमा पनि सहयोग संकलनलाई अभियानकै रुपमा संचालन गरेको जनाएको छ ।


अभियानमा सहयोग गर्न जापानवासी नेपालीहरुमा अनुरोध गर्दै मञ्चले सहयोग गर्न चाहनेहरुले जापान पोस्ट बैंकको खाता नं.१०१७०-४३०२-९९११ मा सिधै रकम जम्मा गर्न सक्ने जनाएको छ ।