मैत्रीपूर्ण खेल । नेपाली फुटवल टोलीले अन्तिम मिनेटमा गोल हान्दै जापानी टोलीलाई हरायो

Posted on: August 16, 2017 | views: 569

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीले जापानमा भएको आफ्नो दोश्रो मैत्रीपूर्ण खेलमा जित हात पार्न सफल भएको छ ।


जापानमा बुधबार भएको खेलमा नेपालले कान्साई गाकुईन विश्वविद्यालयको टोलीलाई २÷१ गोल अन्तरले पराजित गरेको थियो ।


खेलको पहिलो हाफको १२ औँ मिनेटमा नेपालले विमल घर्तीको मगरको गोल मार्पmत अग्रता लिएपनि कान्साई गाकुईनले २५ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो ।


निर्धारित समय सकिएपछि खेलका ९१ औँ मिनेटमा हेमन्त थापा मगरको करनर किक लाई सदुपयोग गर्दै सुमन लामाले नेपालका लागि विजयी गोल गरेका थिए ।


नेपालले तेश्रो जापानको खेल अमिटि स्पोर्टस् क्लबसँग बिहीबार खेल्ने छ ।


नेपाल र त्यहाँको २३ वर्ष मुनिको गाम्बा ओसाका क्लबबीच गत आईतबार भएको पहिलो खेल १/१ गोलको बराबरीमा सम्पन्न भएको थियो ।


ताजिकिस्तानसँग अर्को महिना हुने ए सी सी एशियन कपको तयारीका लागि नेपाली टोली जापानमा मैत्रीपूर्ण खेल र अभ्यास गरिरहको छ ।