जापानद्धारा नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान बृद्धि

Posted on: August 16, 2017 | views: 215

काठमाडौं ।

जापान सरकारले नेपाल सरकारलाई विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि दिदै आएको अनुदान सहयोग बढाएर ३०० मिलियन जापानी येन 'नेपाली रुपैयाँ २८० मिलियन बराबर' पुर्याएको छ ।


नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र अर्थ मन्त्रालयका सचिव शान्त राज सुबेदीले अर्थ मन्त्रालयमा मंगलबार यस्तो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


कार्यक्रममा बोल्दै ओगावाले शिक्षा मानव स्रोतको लगानी भएको र राष्ट्रको दिगो सामाजिक र आर्थिक विकासको आधार भएको टिप्पणी गर्नुका साथै यसले गरिबी न्युनिकरणमा सहयोग पुग्ने जनाएका थिए ।


यसका साथै जापानले नेपाललाई अन्य शैक्षिक कार्यक्रममार्फत सहयोग गर्दै आएको छ । जापान सरकारले २०७२ को भूकम्पबाट प्रभावित जिल्लाहरुमा आपतकालिन विद्यालय पुनर्निर्माण परियोजनाका लागि पनि सहयोग गर्दै आएको छ ।


जापानी दूतावास यस कार्यक्रमको लक्ष्य प्राप्त गर्न सकिने र आगामी दिनहरुमा जापान र नेपालको द्विपक्षीय मित्रता र समझदारीलाई प्रगाढ बनाउन सकिनेमा विश्वस्त छ ।