जापानमा बाढी पिडितको लागी करिव १ लाख सहयोग जुट्यो, सहयोग जुट्नेक्रम जारी

Posted on: August 16, 2017 | views: 1317

टोकियो ।

घरबार बिहिन भएका तथा गाँसबासको अभावमा परेका नेपालको तराई क्षेत्रका बाढी पिडितहरुको सहयोगार्थ जापानमा थालिएको राहत संकलनका क्रममा करिव १ लाख येन संकलन भएको छ ।

टपनेपालन्युजडटकमको पहल तथा धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यमा थालिएको राहत संकलनको तीन दिनमा करिव १ लाख  येन संकलन भएको राहत संकलनको नेतृत्व गरिरहनुभएकी शान्ति गौतमले जानकारी दिनुभएको छ ।


गौतम र बरुण सिग्दलको नेतृत्वमा थालिएको राहत संकलनको क्रममा सहयोग गर्नेहरु बढेको भन्दै उहाँहरुले मंगलबार र बुधवार थप सहयोग जुटाएर सम्भव भएसम्म बिहिबार नेपाल पठाउने तयारी गरिएको जानकारी दिनुभएको छ ।


तराईका बाढी पिडितको सहयोगार्थ धुर्मुस सुन्तली फाउण्डेसनको सहकार्यमा जापानमा आर्थिक संकलन सुरु गरिएको हो ।


एकसाता यता लगातार परिरहेको भारी बर्षाका कारण पूर्वी तराई सहित भारतीय सिमा जोडिएको क्षेत्रका अधिकाशं भूभाग जलमग्न भएका छन् । 


हालसम्ममा बाढी तथा पहिरोमा परि मंगलबार सम्ममा १ सय ११ जनाको निधन भइसकेको छ भने ४० जना बेपत्ता तथा सयौं व्यक्ति घाइते भएका छन् । 


गृहमन्त्रालयले दशौं हजार व्यक्ति विस्थापित भएको तथा यतिनै संख्यामा प्रत्यक्ष रुपमा गाँसबासको अभाव झेलिरहेको बताएको छ ।


बाढीबाट प्रभावित नेपालीहरुको पिडामा साथ दिन थालिएको यो अभियानमा तपाईपनि सक्दो सहयोग गर्न सक्नुहुनेछ ।


बाढीबाट घरबार बिहिन भएका, गाँसबास समेत अभावमा पानीमै रुझेर खुल्ला आकाशमुनी बस्न बाध्य उनिहरुको लागि सहयोग गर्न चाहनुहुने व्यक्तिहरुले जापान पोष्ट बैंकको  १४१२ ०४७८ ७८०२१ मा सक्दो सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।


यसको लागि राहत संकलनको नेतृत्व गरिरहनुभएकी शान्ति गौतमलाई  ०८० ५६८८ २५५० र बरुण सिग्देललाई ०८० ४३३६ २५५० मा सम्पर्क गरेर समेत सहयोग रकम जम्मा गराउन सक्नुहुनेछ । 


तपाईहरुबाट प्राप्त सबै रकमको विवरण हरेक दिन साँझ यसै वेवसाइट र हाम्रो फेसबुकपेजमा प्रकाशित गर्नेछौं । साथै प्राप्त रकम धुर्मुस सुन्तडी फाउण्डेसनसँगको सहकार्यमा स्थानिय पत्रकार तथा संघसंस्थाको समन्वयमा पारदर्शी ढंगले वितरण गरेको सबै विवरण हामी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।


बाढी पिडित राहत सकंलनको नेतृत्व गरिरहनुभएका शान्ति गौतम र बरुण सिग्देलले दिनुभएको जानकारी अनुसार हालसम्म प्राप्त सहयोग रकम विवरणहरु यस प्रकार छन्


प्राप्त सहयोग रकमहरु

सुस्मा जिसि ५००० 

इन्दु गौतम १००० 

ईश्वरी कँडेल सेवा २०००

गिता भेटुवाल ११११ 

अग्निधर गौतम ५००० 

सेसकान्त सुवेदी १०,०००

निशा पोखरेल १०००  

सानाइ सातोउ १०००

सन्तोषी के सि ३०००

अनिता शर्मा १५००

प्रज्वल शर्मा १५००

रबिन बानियाँ ५०००

धर्म राज चापागाईँ १०००

सुर्य खड्का १०००

सुस्मिता सुवेदी १०००

दिपक गौतम १०००

सव पर्ल ज्वेलरी ५००० 

शान्ति गौतम ५००० 

बरुण सिग्देल ५०००

टपनेपालन्युजडटकम 'गोकर्ण  अधिकारी' ५०००

दिपिका कँडेल रिजाल १०००

जोया खड्का १०००

ध्रुव पराजुली


सहयोग प्रतिवद्धता

सरु लम्साल १०००

धुर्व गौतम १५००

मानसिं लोहनी ५००० 

सुस्मिता सुवेदी १०००

कोइराला प्रल्हाद ३०००

आरोहि सुवेदी ५०००

आकाश दवाडी ३०००

रोशनी विष्ट २०००

यमीता कँडेल ५०००