जापानमा बहुप्रतिक्षित चलचित्र ‘ग्याङस्टर ब्लुज' प्रदर्शन ४ दिन बाँकी, टिकट विक्रि अन्तिम चरणमा

Posted on: August 15, 2017 | views: 396

टोकियो ।

नेपाली चलचित्र उद्योगमा बहुप्रतिक्षित रुपमा हेरिएको चलचित्र  ‘ग्याङस्टर ब्लुज’ जापानमा प्रदर्शनको चार दिन बाँकी रहँदा टिकट विक्रि अन्तिम चरणमा पुगेको छ ।


यही अगष्ट १९ तारिखका दिन प्रदर्शन हुन लागेको चलचित्रको लागि अग्रिम बुकिंग भइरहेको जानकारी दिंदै टोक्यो ड्रिम्स इन्टरटेनमेन्टले टिकट विक्रि अन्तिम चरणमा पुगेको बताउँदै थोरै मात्र टिकट बाँकी रहेको भन्दै  ‘ग्याङस्टर ब्लुज’ हेर्न चाहनुहुने सबैलाई समयमै टिकट बुकिगं गराउन अनुरोध गरेको छ ।

जापानभर चलचित्र प्रदर्शनको अधिका पाएको टोक्यो ड्रिम्सले दिएको जानकारी अनुसार भदौ २ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्र भोली पल्टनै जापानमा प्रदर्शन हुन लागेको हो । चलचित्र शनिवार साँझ ६ बजे मेगुरो मुकिन हलमा प्रदर्शन हुँदैछ ।


सरोज न्यौपानेले निर्माण लगानी गरेको सिनेमालाई हेमराज विसीले निर्देशन गरेका हुन् । यो सिनेमामा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।


चलचित्रको 'अबला' बोलको आइटम गीतमा सृष्टि कार्कीको फिचरिङ रहेको छ । जसमा कालीप्रसाद बाँस्कोटाको संगीत दिएका छन् भने बनीका प्रधान र संगीतकार बास्कोटाको समेत स्वर रहेको छ । गीतको शब्द मानस, कालीप्रसाद र एकतारेले लेखेका हुन् ।




चलचित्र ड्रिम्सको निर्माण समयमै बन्ने बताईएपनि अनमोल केसीले समय नदिएपछि नयाँ कलाकार सहित चलचित्र निर्माण भएको हो । होस्टेल, सम्वोधन, गाजलु, जेरी जस्ता सफल चलचित्रको निर्देशन गरेका हेमराज बिसिको निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर ब्लुज’मा बिसिलेनै आशिरमानलाई छनौट गरेको बताइन्छ ।


प्रेम कथामा आधारित रहेर बनेको चलचित्र ‘ग्याङस्टर ब्लुज’मा प्रमुख नायिकाको रुपमा रहेकी आना शर्मा तिनै नायिका हुन् जो जेरी चलचित्रमा अनमोलसँगै अभिनय गरेकी थिइन् ।

अनमोलसँग प्रेम सम्वन्धमा समेत रहेको चर्चाका बिच उनिहरुको ब्रेकअप भएको खवरका बिच कुनै चलचित्रमा नदेखिएकी आनाको पुनरागमन भएको ‘ग्याङस्टर ब्लुज’मा जेरी चलचित्रमा भन्दा उत्कृष्ठ अभिनय रहेको र शसक्त कथा र उत्कृष्ठ अभिनय गर्ने कलाकारहरु भएकै कारण आफुले खेलेको नायिका शर्माले बताएकी छिन् ।