जापानमा रहेको नेपाली फुटवल टोली र जापानको गाम्बा ओसाका यु-२३ बिचको खेल बराबरी

Posted on: August 14, 2017 | views: 581

टोकियो ।

मैत्रिपूर्ण फुटवल खेलको लागि जापानमा रहेको नेपाली राष्ट्रिय फुटवल टोलीले जापानको गाम्बा ओसाका यु २३ टोलीसँग १ १ गोलको बराबरी खेलेको छ ।


आइतबार जे ग्रिन साकाई मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको लागि पहिलो हाफमा जापानी टोलीले खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।


नेपालको लागि भने एकमात्र गोल नवयुग श्रेष्ठले गोल गरेका थिए । उनले खेलको ३४ औं मिनेटमा नेपालको लागि गोल गरेका हुन् ।

नवयुगले खेलको ८ औं र २४ औं मिनेटमा पाएको गोल गर्ने सुवर्ण अवसर भने गुमाएका थिए ।


यसैगरि नेपालको लागि गोलको मौका पाएपनि बिमल घर्ती मगरले २६ औं मिनेटमा प्रहार गरेपनि जापानी गोलकिपरले उत्कृष्ठ बचाउ गरेका थिए ।


पाँच मैत्रीपूर्ण खेलको लागि आएको नेपाली टोलीले अब यही १६, १७, १८ र १९ तारिखमा जापानी क्लवहरुसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।


समाचार जानकारी तथा तस्विर : नरेन्द्र बस्नेत दिनेश